चितवनकी कोरोना संक्रमित ६३ वर्षिया महिला डिस्चार्ज भएसँगै चितवन बन्यो कोरोना मुक्त

चितवन – कोरोना सङक्रमित चितवनकी ज्येष्ठ नागरिक महिला २७ दिनको अस्पताल बसाइपछि निको भएर डिस्चार्ज भएकी छिन् ।

पूर्वी चितवनको राप्ति नगरपालिका–८, निवासी कोरोना भाइरस (कोभिड–१९) संक्रमित ६३ वर्षीया महिला भरतपुर अस्पतालबाट वुधबार डिस्चार्ज भएकी हुन् । सोमबार र मङगलबार २४ घण्टाको फरकमा परीक्षण गरिएको दुई दिनको रिपोर्ट लगातार नेगेटिभ आएपछि उनमा कोरोना सङ्क्रमण नभएको पुष्टि भएपछि डिस्चार्ज गरिएको भरतपुर अस्पतालले जनाएको छ ।

अस्पतालबाट डिस्चार्ज भएपछि उनी दुई हप्ता घरमा नै क्वारेन्टाइनमा बस्नुपर्ने सुझाव दिइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्