भुसाल हत्याको छानबिनमा दबाब दिन २ वटा समिति गठन, जेठ ५ सम्म प्रदर्शन स्थगित

प्रेम जोशी
कैलाली – कैलालीको गौरिगंगा नगरपालिकाको बिहानी क्षितिज स्कुलका प्रिन्सिपल एवं एन प्याब्सनका केन्द्रीय उपाध्यक्ष कृष्णप्रसाद भुसालको हत्याको छानविनका लागि दबावदिन भइरहेको प्रदर्शन स्थगित गरिएको छ । यहि बैशाख ११ गतेका दिन उनको रहस्यमय हत्या भएको थियो ।

भुसालको हत्याकाण्ड छानबिन र सत्यतथ्य सार्वजनिक गर्न र दोषीलाई हदैसम्म कारबाहीको माग गर्दै दैनिक गौरीगंगा नगरपालिकाको मसुरियामा प्रदर्शन हुदै आएको थियो ।

बुधबार मसुरियामा बसेको सर्वदलीय सर्वपक्षीय बैठकले कृष्णप्रसाद भुसालको हत्या पश्चात् मसुरियामा हाल दैनिक जसो भईरहेका जनप्रर्दशन जेठ ५ गते सम्मलाई स्थगित गर्ने निर्णय गरेको हो ।
भुसाल हत्या प्रकरण सम्बन्धमा न्यायिक छानबिन गरि अपराधीलाई कारबाही गर्ने वातावरण सिर्जना गराउन जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, लगाएतका निकायमा दवाव दिने उदेश्यले २ वटा समिति गठन गरिएको छ ।

गौरीगंगा नगरप्रमुख भिम बहादुर देउवाको संयोजकत्वमा कृष्ण कुमार चौधरी, मदन राज जोशी, राम बहादुर कलेल र शिव प्रसाद खरेल रहेको ५ सदस्यीय समन्वय समिति बनाईएको छ । त्यस्तै जनस्तरबाट न्यायपुर्ण दबाब सिर्जना गर्न देवीदत्त कडेलको संयोजकत्वमा ३१ सदस्यीय संघर्ष समिति गठन गरिएको छ ।

भुषालको सुनियोजित हत्या भएको सर्वदलीय सर्वपक्षीय बैठकले निष्कर्ष गर्दै दोषीलाई कारबाहीको लागि सबै तह र निकायमा दबाब दिने निर्णय गरिएको छ । घटनाको गम्भीर र गहन अनुसन्धान गर्न सम्बन्धि निकाय जिम्मेवार नभएमा जेठ ६ गतेदेखि संघर्षका कार्यक्रम तय गरेर वृहत् रुपमा दबाबमूलक कार्यक्रम गर्ने संघर्ष समितिका संयोजक देवीदत्त कडेलले बताए ।

भुषाल बैशाख ११ गते कुल प्रसाद भट्टले पटकपटक फोन गरेर बोलाए पछि २ बजे मसुरियाबाट घोडाघोडी १० पहलमानपुर गएका थिए । त्यसको भोलिपल्ट भुषाल शस्त्र प्रहरी बल वेश क्याम्प देखि ३ सय मिटर पश्चिममा मृत अबस्थामा भेटिएका हुन् । शव फेला परेको स्थान देखि करिब २ किलोमिटर पश्चिममा पुर्व पश्चिम राजमार्गमा गौरीगंगा नगरपालिकाको शिवशंकर सामुदायिक वन किनारमा भुसालले प्रयोग गरेको चप्पल माक्स २ क्वाटर रक्सी फेला परेको थियो । चप्पल, माक्स भेटिएको स्थान देखि सय मिटर पश्चिममा सालको रुखको फेदमा रगत समेत भेटिएको थियो । घोडाघोडी १० आमखोईया सम्म साईकल डो‍र्याएर हिड्दै आएका भुसालको शव, चप्पल र रगत फरकफरक ठाउँमा भेटिनुले उनको हत्या भएको प्रस्ट भएको स्थानिय छत्र बोहराले बताए ।
पिडित परिवारको किटानी जाहेरीका आधारमा प्रहरीले ५ जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्