स्वास्थ्य मन्त्रालयमा पत्रकारलाई प्रवेश निषेध !! अरु मानिसको आवत जावत भने निर्वाध रुपमा

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबारदेखि पत्रकारलाई मन्त्रालय प्रवेशमा अत्यधिक कडाइ गरेको छ ।

यसअघि दिनहुँजसो समाचार संकलनका लागि परिचय पत्र देखाएर प्रवेश गर्ने गरेका पत्रकारलाई बुधबारदेखि भने सुरक्षाकर्मीले गेटमा रोकेका छन् । उनीहरुले ‘माथि फोन गर्नुस्, बोलाएमात्र जान पाउनुहुन्छ’ भन्दै पत्रकारलाई भित्र पस्न दिएका छैनन् ।

स्रोतका अनुसार बुधबार स्वास्थ्य मन्त्रालयमा बसेको बैठकमा वरिष्ठ अधिकारीहरुले पत्रकारलाई नभेट्न र सूचना नदिन कर्मचारीहरुलाई निर्देशन नै दिएका थिए ।

अब पत्रकारले स्वास्थ्य मन्त्रालयमा प्रवेश पाउनका लागि मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्की र प्रवक्ता डा. विकास देवकोटालाई सम्पर्क गर्नुपर्नेछ । उनीहरुलाई आफ्नो काम र भेट्ने व्यक्तिबारे जानकारी गराएपछि भेट्ने व्यक्तिको फुर्सद भएमात्र पत्रकारले भित्र जान पाउनेछन् ।

मन्त्रालयमा अरु मानिसहरुको आवतजावत नरोकिए पनि पत्रकार भने गेटमै रोकिएका हुन् । मन्त्रालयका प्रशासन प्रमुख रघुराम विष्टले कोरोना संक्रमण बढ्दै गएकाले भेटघाटमा कडाइ गर्नुपरेको प्रतिक्रिया दिएका छन् ।

पछिल्लो समय मन्त्रालयका प्रवक्ताले दिनमा एक पटक गर्ने नियमित अपडेटबाहेक अन्य माध्यमबाट सूचना दिन कडाइ गरिएको छ । तर मन्त्रालयले अझै सूचना चुहिएको भन्दै पत्रकारको प्रवेश नै निषेध गर्न लागेको हो । अनलाइनखबरबाट

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्