दार्चुला — दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ४ गोदालीमा मोटरसाइकल दुर्घटनामा परि लेकम गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख तथा शिक्षा अधिकृत केशव ओझा घाइते भएका छन् ।
ओझा वडा नम्बर ५ चौपातामा आयोजना गरिएको एक कार्यक्रम सम्पन्न गरी घर फर्किने क्रममा आफैंले चलाएको मोटरसाइकल दुर्घटनामा परी ओझा घाइते भएको इलाका प्रहरी कार्यालय चौपाताले जनाएको छ । दुर्घटनापछि ओझालाई तत्काल रिठाचौपाता स्वास्थ्य चौकीमा लगिएको थियो। प्राथमिक उपचारपछि थप उपचारका लागि गोकुलेश्वर पठाइएको छ।
लेकम गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्बादत्त जोशीका अनुसार माथिबाट खसेको ढुंगा पिठ्युमा लागेर मोटरसाइकल सन्तुलन गुमाई दुर्घटना भएको हो। ओझाको स्वास्थ्य अवस्थाबारे थप जानकारी आउन बाँकी छ।