भारतले लिपुलेकमा निर्माण गरेको सडकबारे नेपालको अडान स्वागतयोग्यः सांसद ठगुन्ना

काठमाडाैँ – दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्नाले भारतिय पक्षले निर्माण गरिरहेका सडक लगायत निर्माण बारे नेपाल सरकारले लिएको लिएको अडान स्वागयोग्य भएको बताएका छन् ।
आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद ठगुन्नाले यस्तो बताएका हुन् । सांसद ठगुन्नाले भने, “सुगौली संधीबाट कायम भएको भारत नेपाल सिमा महाकाली नदीको पूर्व नेपाल र पश्चिम भारतिय भू–भाग रहेकोमा लिम्पियाधुराबाट निस्कने काली नदी पूर्वको लगभग ३९७ वर्ग किलोमिटर भू–भाग विगत ६० बर्ष भन्दा अगाडी देखी भारतीय प्रशासनिक र राजनितिक नियन्त्रणमा छ । हाल सो क्षेत्रमा भारतले विगत १०(१५ बर्ष अगाडी देखी सडक लगायतका पूर्वाधारका कामहरु गरिरहेको छ ।”
उनले संसदमा बोल्दा बोल्दै समय अभावका कारण माईक बन्द गरिएको थियो ।

सांसद ठगुन्नाले गरेको सम्बोधनको पूर्णपाठ

सम्माननीय सभामुख महोदय,
नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्रको सिमा विवादबारे सो क्षेत्रमा भारतिय पक्षले निर्माण गरिरहेका सडक लगायत निर्माण बारे लिएको अडान स्वागयोग्य छ । जसको म प्रशंसा गर्न चाहज्छु । सुगौली सन्धिबाट कायम भएको भारत-नेपाल सिमा महाकाली नदीको पूर्व नेपाल र पश्चिम भारतिय भू–भाग रहेकोमा लिम्पियाधुराबाट निस्कने काली नदी पूर्वको लगभग ३९७ वर्ग किलोमिटर भू–भाग विगत ६० बर्ष भन्दा अगाडी देखी भारतीय प्रशासनिक र राजनितिक नियन्त्रणमा छ । हाल सो क्षेत्रमा भारतले विगत १०–१५ बर्ष अगाडी देखी सडक लगायतका पूर्वाधारका कामहरु गरिरहेको छ । नेपाल सरकार ले सो भू(भाग नेपालको भएको र सो भू(भागमा एक पक्षिय रुपमा पूर्वाधार निर्माण नगर्न भारत सरकार समक्ष प्रष्ट धारणा राखेको छ, जुन स्वागत योग्य कुरा छ। भारत सरकारले सिमा विवाद कोरोनाको समस्उा समाधान भएपछि दुईपक्षिय …

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्