अस्ट्रियाबाट सामाजसेवी विकास कार्कीको आर्थिक सहयोगमा  १ सय ५० जना भन्दा बढीलाइ खाना

निरज बाडे
भक्तपुर – एनआरएनए अस्ट्रियाका बरिष्ठ उपाध्यक्ष  विकास कार्कीको आर्थिक सहयोगमा  १ सय ५० जनाभन्दा बढी विपन्न वर्गका व्यक्तिहरुलाई खाना खुवाएको छ ।

शुक्रवार कार्कीको आर्थिक सहयाेगमा राष्ट्रिय कराँते खेलाडी मन्डे काजी श्रेष्ठ र थिमि युवा समुहले  मानव सेवा आश्रम तथा मानव कल्याण सेवामा खाना  खाना खुवाएको हाे ।

विश्वव्यापी विपत्तिको यस घडीमा स्वदेश तथा विदेशमा रहेका समाजसेवीको आर्थिक सहयोगमा भोजनको व्यवस्था गरेको थिमी युवा समुहका संयोजक रामहरी श्रेष्ठको भनाइ छ । सो अभियानमा चर्चित कलाकार सरीता लामिछाने र गोपाल ढकाल (छन्दे) को पनि साथ रहेको छ ।

लकडाउनको समयावधि लम्बिदै गएपछि अलपत्र परेका विपन्न समुदायलाई विभिन्न संघसंस्था तथा समाजसेवीको सहयोगबाट खाना खुवाइरहेको राष्ट्रिय कराते खेलाडी एवं थिमि युवा समुहका संयोजक मन्डे काजी श्रेष्ठले बताए । उक्त समुहले आगामी दिनहरुमा समेत मानव सेवाका विभिन्न कामहरु गर्ने जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्