सीमा अतिक्रमणको विरोध प्रदशर्नमा उत्रिएका ३३ जना पक्राउ

काठमाडौँ – भारतीय पक्षले गरेको सीमा अतिक्रमणको विरोध प्रदशर्नमा उत्रिएका ३३ जना पक्राउ परेका छन् । शनिबार दिउँसो माइतीघर मण्डलामा विरोध प्रर्दशनमा उत्रिएका ३३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

नेविसंघ, सत्तारुढ नेकपानिकट अखिल, मोहन बैधनिकट अखिलले संयुक्त रुपमा गरिएको प्रदर्शनमा हस्तक्षेत्र गर्दै पक्राउ गरिएको विद्यार्थी नेताले बताएका छन् । भारतले लिपुलेक–कालापानी सडक बनाए पछि त्यसको विरोधमा प्रर्दशन भएको हो । भारतले एकतर्फीरूपमा नेपालको भूगोलमा रहेको लिम्पियाधुरा, लिपुलेक र कालापानीबाट चीनको स्वशासित क्षेत्र तिब्बतको मानसरोवर जोड्ने सडक ट्र्याकको उद्घाटन गरेको समाचारले दुई देशबीच थाती रहेको लिपुलेक कालापानी विवादलाई नयाँ चरणमा प्रवेश गराएको छ ।

यसअघि भारत सरकारले नेपालको दार्चुला जिल्लामा पर्ने लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा विभिन्न सैनिक असैनिक गतिविधि गरिआएको छ । भारतले सो क्षेत्रलाई आफ्नो क्षेत्रमा गाभी नक्सा सार्र्वजनिक गरेपछि सरकारले केहीअघि आपत्ति जनाएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्