भारतले नेपाली भूमीमा सडक विस्तार गरे लगत्तै बालुवाटारमा ओली दाहालबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

शनिबार दिउँसो बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको हो । दुई नेतावीच पार्टी नेताहरुको माग अनुसार स्थायी समिति बैठक, सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेट लगायतका विषयमा छलफल भएको बुझिएको छ ।

त्यसैगरी भारतले लिपुलेकमा खोलेको सडक लगायतका विषयमा पनि दुई नेताबीच छलफल हुनसक्ने बताइएको छ । नेपालको दार्चुला जिल्लाको लिपुलेकमा भारतले मानसरोबर जाने सडक बनाएर उद्घाटन गरेपछि नेपालमा त्यसको चर्कोे विरोध भइरहेको छ । प्रचण्डपछि ओलीले शनिबारै अर्का नेता झलनाथ खनाललाई समेत भेट्ने तयारी गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्