भारतले नेपालको भूमी मिचेर मानसरोवर जोड्ने सडक बनाएकोमा नेपाल सरकारको आपत्ति

काठमाडौँ – भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको मानसरोवर जोड्ने सडक निर्माण गरी उद्घाटन गरेकोमा नेपाल सरकारले आपत्ति जनाएको छ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले शनिबार विज्ञप्ति जारी गर्दै महाकाली नदी पूर्वक्षेत्र नेपाली भू(भाग रहेको सुगौली सन्धीमै प्रष्ट रहेको उल्लेख गरेका छन् । विज्ञप्तिमा भनिएको छ– भारत सरकारले मानसरोवर जोड्ने सडक निर्माण गरी उद्घाटन गरेकोप्रति नेपाल सरकारको खेद छ । भारतले गत कात्तिक १६ मा जारी गरेको आफ्नो नयाँ राजनीतिक नक्सामा पनि लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायत नेपाली भूमि समावेश गरेपछि नेपालमा विरोध भएको थियो ।

सरकारले नेपाली भूमिमा कुनै पनि गतिविधि नगर्न पनि भारत सरकारलाई आग्रह गरेको हो । शुक्रबार भारतीय रक्षा मन्त्रीले नेपाली भूमि हुँदै निर्माण गरिएको मानसरोवर पुग्ने सडकको उद्घाटन गरेपछि नेपालमा विरोध भइरहेको छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र सत्तारूढ नेकपालगायत दलले पनि भारतले नेपालको भूमिमा सडक बनाउन नपाउने भन्दै विरोध गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्