गगन थापाको प्रश्नः भूमि मिचेको जानकारी मागेर बस्ने कि यो मिचाहा प्रवृत्तिको प्रतिवाद गर्ने ?

फाइल तस्बिर

काठमाडौँ – नेपाली कांग्रेसका नेता गगन थापाले भारतसँग नेपाली भूमि मिचेको जानकारी मागेर बस्ने कि यो मिचाह प्रवृत्तिको प्रतिवाद गर्ने ? भन्ने प्रश्न गरेका छन् ।

शनिबार सामाजिक सञ्जाल ट्विटरमार्फत परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई मेन्सन गर्दै भारतको रवैयाविरुद्ध कडा प्रतिवाद गर्नुपर्ने बताएका हुन् । उनले लेखेका छन्, ‘हाम्रो भूमि हुँदै सडक निर्माण गरेको कुरा भारतीय सञ्चार माध्यमबाट थाहा पाउने हाम्रो कस्तो राज्य संयन्त्र रु नक्सा प्रकरणमा सही र सशक्त प्रतिवाद गर्न चुक्दाको परिणाम हो यो । अब पनि जानकारी मागेर मात्रै बस्ने कि यो अतिक्रमण र मिचाहा प्रवृत्तिको प्रतिवाद गर्ने ?

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्