भारतले माफी माग्नुपर्छः साँझा पार्टी

काठमाडौं – नेपाली भूमि लिपुलेक हुँदै तिब्बतस्थित मानसरोवर जाने सडक मार्ग बनाएकोमा भारतले माफी माग्नुपर्ने साझा पार्टीको ठहर छ ।

‘भारतले सबै अतिक्रिमति भूमि छोडेर जानुपर्छ, कालापानी, लिपुलके र लिम्पियाधुरा नेपालको भूभाग रहेको स्पष्ट पार्नुपर्छ,’ पार्टी सहप्रवक्ता शरदराज पाठकद्वारा शनिबार जारी विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो समय उसले जारी गरेको नयाँ नक्सा सच्याउनु पर्छ र नेपाली भूमिमा सडक निर्माण गरेकोमा क्षमायाचना गर्नुपर्छ ।’

भारतले बारम्बार नेपाली भूभाग अतिक्रमण गर्नुको पछाडि नेपाल सरकारको कमजोरी पनि कारक रहेको साझा पार्टीको निश्कर्ष छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सीमा अतिक्रमणका घटना हुनुमा हाम्रो कूटनीतिक कमजोरी पनि उत्तिकै जिम्मेवार छ ।’

भारतले गरेको सीमा अतिक्रमण र नयाँ नक्समा नेपाली भुमि समेटिएको विषय सुल्झाउन नेपालका तर्फबाट भारत सरकारसँग परिणाममुखी कुटनीतिक संवाद हुन नसक्नु दुःखद रहेको उसको धारणा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्