युएईमा २२ जना नेपालीहरुलाई कोरोना संक्रमण

काठमाडौँ – युएईको शारजहमा एकै दिन २२ जना नेपाली महिला कामदारहरुमा कोरोना भाइरस(कोभिड(१९) को संक्रमण भेटिएको छ ।

शारजहको एक क्लिनिङ कम्पनीमा एकैदिनमा ६१ जना महिला कामदारहरुमा कोभिड(१९ पोजिटिभ देखिएको थियो । ती मध्ये पोजिटिभ हुनेमा २२ जना नेपाली महिला कामदारहरु रहेको बताइएको छ ।

संक्रमित हुनेहरुलाई कम्पनीले आफ्नै क्वारेन्टाइन बनाएर अलग राखेको छ । तर क्वारेन्टाइनमा अलग्गै बाथरुम र शौचालय नभएकोले संक्रमण नभएका अन्य कामदारहरु समस्या रहेका छन् । उक्त कम्पनीमा सयको हाराहारीमा नेपाली महिला कामदारहरु कार्यरत छन् ।

उनीहरु स्कुल, कलेज, बैंक, विभिन्न अफिसहरुमा हाउस किपिङको काम गर्छन् । स्कुल, कलेजमा काम गर्नेहरु बेतलबी बिदामा छन् भने बैंक तथा अन्य प्रतिष्ठानहरुमा काम गर्नेहरु नियमित ड्युटी गरिरहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्