विकासलाई राजनीति र धर्म भन्दा माथि राखेर हेर्न आवश्यकः अध्यक्ष ढकाल

काठमाडाैँ – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकासलाई राजनीति र धर्म भन्दा माथि राखेर हेर्न आवश्यक रहेको बताउनुभएको छ । बिहीवार काठमाडौंमा शुरु भएको सूचना तथा सञ्चार प्रविधि प्रदर्शनी ‘क्यान इन्फोटेक’ को ३० औं संस्करणको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताउनुभएको हो । उहाँले विकासलाई राजनीति र धर्म भन्दा माथी राखेर हेर्न नेपालका सम्पूर्ण राजनीति दल तथा सर्वसाधारणमा आग्रह गर्नुभयो ।

उहाँले नेपालमा केही गर्छु भनेर काम गर्न खोज्दा विभिन्न नाममा विरोध हुनु दुःखद् भएको बताउनु भयो । उहाँले पाथीभरा केबलकार प्रकरणमा भइरहेका  विरोधहरु विकासका लागि भन्दा पनि पपुलिजमको लागि गर्न खोजिएको बताउनु भयो । उहाँले अहिले सामाजिक सञ्जाललाई दुरुपयोग गरेर आम नागरिकलाई मेनुपुलेट गरेर सूचना फैलाउने काम भएको बताउनु भयो ।

उहाँले बेरोजगार भएर वैदेशिक रोजगारबाट नेपालमा नै अवसर खोजेर काम गर्ने र लाखौं नेपालीहरु वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यतालाई कम गर्नेे हिसावले नेपालमा ३५ वर्षदेखि सक्रिय भएर काम गरिरहेको बताउनु भयो । पछिल्लो समय पाथीभरा केवलकारको विषयलाई लिएर सामाजिक सञ्जालमा चन्द्रप्रसाद ढकाल नेपालको दलाल वा नेपालमा राख्न नहुने मान्छेको रुपमा प्रचार गरिनु खेदजनक रहेको बताउनु भयो । उहाँले नेपाल रोजगारी दिने,अवसर खोज्ने,वैदेशिक रोजगारीमा जान रोक्ने विषयलाई प्राथमिकता दिन नसके भविष्यमा पछुताउनु पर्ने अवस्था आउने उल्लेख गर्नुभयो ।

उहाँले नेपालले सूचना प्रविधि क्षेत्रको विकासका राज्यले नेपालको सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनु भयो । उहाँले सरकार र निजी क्षेत्रको सहकार्यले मात्र आईटी हबको लक्ष्य हासिल गर्न सकिने बताउनु भयो । आईटी क्षेत्र विश्वव्यापी बजार भएको, खबौं रुपैया बराबरको सेवा निर्यात गर्नसक्ने र लाखौं मानिसलाई रोजगारी दिनसक्ने क्षेत्र भएको उल्लेख गर्दै अध्यक्ष ढकालले यस क्षेत्रको थप विकासका लागि आवश्यक नीतिगत र संरचनागत सुधारको लागि काम गर्न काम गर्न सरकारसंग आग्रह गर्नुभयो । नेपाल सरकारले नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रको विकासका लागि पछिल्ला कानूनहरुमा गरेको संशोधनले यो क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिने बताउनु भयो । —न्युज एजेन्सी नेपाल

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्