सप्तरीको एक क्वारेन्टाइनबाट १९ जना भारतीय बेपत्ता

सप्तरी — सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ कोसी ब्यारेजको कोसी निम्न माध्यमिक विद्यालयस्थित क्वारेन्टाइनबाट १९ जना भारतीय बेपत्ता भएका छन् ।
चौबीसै घण्टा सशस्त्र र नेपाल प्रहरीले सुरक्षा दिदै आएको उक्त क्वारेन्टाइनबाट १९ जना भारतीय नागरिक बेपत्ता भएका हुन् ।

नेपालको विभिन्न भागबाट भारतको पश्चिम बंगाल र बिहार राज्यस्थित घर फर्किंदै गरेका ७२ जना भारतीयलाई १ नम्बर प्रदेशमा प्रवेश नदिइएपछि दुई सातादेखि क्वारेन्टाइनमा राखिएको छ । सबैको भोजनको खर्च तथा सुत्नेबस्ने व्यवस्था हनुमाननगर कंकालिनी नगरपालिकाले खर्च बेर्होदै आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्