सुदूरपश्चिम कोरोना मुक्तः सेती अस्पतालमा उपचाररत ३४ वर्षिया महिला आज डिस्चार्ज

कैलाली – धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत पाँचौ महिला डिस्चार्ज भएकी छिन् ।

लगातार दुई पटकसम्म रिपोर्ट नेगेटिभ आएपछि उनलाई शुक्रबार अस्पतालबाट डिस्चार्ज गरिएको सेती अस्पतालले जनाएको छ । ३५ दिनदेखि सेती अस्पतालमा उपचाररत धनगढी उप–महानगरपालिका वडा नम्वर ५ की ३४ बर्षीय महिलाको पछिल्लो दुई पटक गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको अस्पताले जनाएको छ ।

योसंगै सुदूरपश्चिम प्रदेशमा पाँच जनामा कोरोना देखिएकोमा सबै ठिक भएर घर फर्किसकेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्