गौतम बुद्धको अनमोल वचन, जसले तपाईँको सोच बदल्छ ! (एक सेयर गरौँ)

काठमाडाैँ – हामी जहाँ जन्मियौं, त्यो गौतम बुद्धको जन्मभूमी पनि हो भनेर गर्व गर्छौं । अहिले पनि हामी ‘गौतम बुद्ध जन्मिएको देश’ भनेर सगर्व नेपालको चिनारी दिन्छौ । यद्यपी गौतम बुद्ध किन विश्वमा कहलिए ? उनले चराचर जगतका लागि के गरे ? उनीबाट मानव जीवनका के कुरा सिक्न सकिन्छ ?

उनी ईसा पूर्व ५६४ पहिले कपिलवस्तुमा जन्मिएका थिए, राजा शुद्धोधन र मायादेवीको कोखबाट । अतः यहाँ गौतम बुद्धको केही अनमोल वचन प्रस्तुत गरिएको छ, जसले तपाईंको सोंच बदल्न सक्छ ।

  •  आज हामी जे छौ, त्यो आजसम्म हामीले के सोच्यौ त्यसैको परिणाम हो । यदि कुनै व्यक्ति खराब सोचले बोल्छ वा काम गर्छ भने उसलाई कष्ट मिल्छ । यदि कुनै व्यक्ति शुद्ध विचारका साथ बोल्छ वा काम गर्छ भने उसलाई खुसीले कहिल्यै छाड्दैन ।
  •  अतितमा ध्यान नदेउ, भविष्यको बारेमा नसोच । आफ्नो मनलाई वर्तमानको क्षणमा केन्द्रित गर ।
  •  स्वास्थ्य सबैभन्दा ठूलो उपहार हो । सन्तोष सबैभन्दा ठूलो धन हो । वफादारी सबैभन्दा ठूलो सम्बन्ध हो ।
  •  तीन कुरा लामो समय लुकाउन सकिदैन, सूर्य, चन्द्र र सत्य ।
  • आफ्नो मोक्षको लागि आफै प्रयत्न गरौ, अर्कामा निर्भर हुनुहुँदैन ।
  • कुनैपनि विवादमा हामी जसरी क्रोधित हुन्छौ, तब हामीले सत्यको बाटो बिराउँछौ ।
  •  कुनै हिंस्रक जनवारभन्दा कपटी र दृष्ट साथी खतरनाक हुन्छ । जनवारले त तपाईंको शरीरमा हानी पुर्‍याउँछ । तर एक खराब साथीले तपाईंको बुद्धि भ्रष्ट गरिदिन सक्छ ।
  •  तपाईंसँग जे छ, त्यसलाई बढाई-चढाई नबताउनुहोस् । न त अर्कालाई ईर्ष्या नै गर्नुहोस् । जो अर्कालाई ईर्ष्या गर्छ, उसको मनमा शान्ति कहिल्यै मिल्दैन ।
  • घृणा घृणाबाट होइन, प्रेमबाट नष्ट हुन्छ । यो शाश्वत सत्य हो ।
  •  म कहिल्यै हेर्दिन कि के गरे ? म जहिले पनि हेर्छु कि के गर्न बाँकी छ ?
  •  विना स्वास्थ्य जीवन, जीवन होइन । बस्, एक पीडाको स्थिती हो । मृत्युको छायाँ हो ।
  • हरेक कुरामा सन्देह गर । स्वयम् आफ्नो प्रकाश खोज ।
  •  सत्यको मार्गमा हिँडेका व्यक्तिले दुई गल्ती गर्न सक्छन्, एक पुरा बाटो तय नगर्नु । अर्को यसको सुरुवात नै नगर्नु ।
  • मन र शरीर दुबैको स्वास्थ्य रहस्य हो, अतीतमा शोक नगर्नु, भविष्यको चिन्ता नगर्नु । बरु बुद्धिमानी र इमान्दारीले बर्तमानमा जिउनु ।
  •  अन्त्यमा यी कुराले सबैभन्दा बढी महत्व राख्छ कि, तपाईंले कति राम्ररी प्रेम गर्नुभयो ? कति पूर्णताका साथ जीवन जिउनुभयो ?
  •  वास्तवमा तपाईं आफैलाई प्रेम गर्नुहुन्छ भने तपाईंले अरु कसैलाई ठेस पुर्‍याउनुहुन्न ।
  •  शान्ति भित्रबाट आउँछ, बाहिर नखोज ।
  •  हामीलाई हामी बाहेक अरु कसैले बचाउन सक्दैनन् ।
  •  माथि उठ्नुहोस् र आभारी रहनुहोस्, किनभने यदि हामीले धेरै नभएपनि केही त सिक्यौ । हामीले केही नसिकेपनि कम्तीमा बिमार त भएनौ । यदि हामी बिमार भएपनि मर्न त मरेनौ । यसैले हामी सबैप्रति आभारी रहनुपर्छ ।
  • तपाईं पुरा ब्रम्हान्डमा यस्ता कुनै व्यक्ति खोज्न सक्नुहुन्छ, जो तपाईंको अधिक माया वा स्नेहका लायक छन् । र, त्यो व्यक्ति कहीँ मिल्नेवाला छैन । यस ब्रम्हान्डमा कोही तपाईंको स्नेह वा मायाको लायक छ भने त्यो स्वयम् तपाईं मात्र हो ।
  • गन्तव्यमा पुग्नुभन्दा पहिलो सर्त सही ढंगले यात्रा गर्नु हो ।
  •  हरेक बिहानी हामी पुर्नजन्म लिन्छौ । त्यसैले आज हामीले के गर्‍यौं ? यही कुराले सबैभन्दा बढी महत्व राख्छ ।
  •  कोही व्यक्ति यसकारण ज्ञानी कहलिदैनन् कि, उनीहरु केवल बोलछन् मात्र । तर ऊ शान्तिपूर्ण, प्रेमपूर्ण र निर्भय छ भने वास्तवमा ज्ञानी कहलिन्छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्