किराँत –राई समुदायले उँभौली पर्व मनाउँदै

काठमाडौं – प्रत्येक वर्ष किराँत राई समुदायले मनाउने उँभौली पर्व आज किराँत वस्तीहरुका भूमेस्थानमा पूजा गरी मनाइँदै छ । बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको छ । वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जङ्गली जनावर पनि उँभो लाग्ने विश्वास किराँत समुदायमा गरिन्छ । उभौलीका अवसरमा चण्डी नाचसमेत नाचिन्छ । तर यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण जारी बन्दाबन्दीले निश्चित मानिस मात्र बसेर पूजाको विधि गरिएको छ ।–

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्