पश्चिमी न्यूनचापीय प्रणाली बाहिरियो, सोमबार फेरि वर्षाको सम्भावना

काठमाडौँ – अस्ति मङ्गलबार साँझदेखि सक्रिय भएर देशका विभिन्न स्थानमा वर्षा गराएको पश्चिमी न्यूनचापीय प्रणाली बाहिरिएको छ। तर, आउँदो सोमबार पुनः अर्को प्रणाली सक्रिय हुने र हिजोजस्तै वर्षा गराउने मौसमविद्हरूले...

प्रतिनिधिसभा निर्वाचनका लागि सबै जिल्लामा नमुना मतपत्र पुगे

काठमाडौँ – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीस्वरूप मतदाता शिक्षा कार्यक्रमका लागि नमुना मतपत्र सबै जिल्लामा पुगिसकेको निर्वाचन आयोगले जनाएको छ। आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका...

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक सहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ – बझाङको बित्थडचिर गाउँपालिकामा रहेको सुनकुडा माध्यमिक विद्यालयका तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेशबहादुर अधिकारी, प्रधानाध्यापक धनबहादुर विष्टसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। सार्वजनिक सम्पत्ति हानि–नोक्सानी गरी...

आज दिउँसो देशभर बदली रहने, केही स्थानमा मध्यम वर्षा हुने सम्भावना

काठमाडौँ – देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव कायम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भू–भागमा पूर्ण बदली रहनेछ...

चुनावी आचारसंहिता अनुगमनका लागि अनुगमन अधिकृत तोकियो

काठमाडौँ – निर्वाचन आयोगले चुनावी आचारसंहिता अनुगमनका लागि अनुगमन अधिकृत तोकेको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार जिल्लास्तरमा आचारसंहिता कार्यान्वयन र अनुगमनलाई प्रभावकारी बनाउन सहायक प्रमुख जिल्ला अधिकारीलाई अनुगमन अधिकृतका...

परीक्षणका लागि राखिएको शव साटिएको घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन

काठमाडौँ । सिरहाको लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा ‘परीक्षण’का लागि राखिएको शव साटिएको घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ। इलाका प्रशासन कार्यालय लहानका प्रमुख वेदनिधि...

निर्वाचन र शान्ति सुरक्षामा असर पार्ने घृणाजन्य अभिव्यक्ति बन्द गर्न मानव अधिकार आयोगको आग्रह

काठमाडौँ –  राष्ट्रिय मानव अधिकार आयोगले निर्वाचन र शान्ति सुरक्षामा असर पार्ने घृणाजन्य अभिव्यक्ति बन्द गर्न आग्रह गरेको छ। आयोगका प्रवक्ता टीकाराम पोखरेलले आज विज्ञप्ति जारी गर्दै आउँदो फागुन २१...

लाइसेन्स परीक्षामा अनियमितता भएको आरोपमा कर्मचारी र ट्राफिकको मोबाईल जफत

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमति पत्र (लाइसेन्स) परीक्षामा अनियमितता भएको आरोपमा यातायात कार्यालयका कर्मचारी, ट्राफिक प्रहरी तथा निजी संस्थासँग आबद्ध व्यक्तिहरूको मोबाइल फोन जफत गरेको छ।...

फागुन २१ को चुनावका लागि प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु

काठमाडौं – आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ आवश्यक मतपत्र छपाइ सुरु भएको छ। निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फ झन्डै २ करोड ३ लाख २३ हजार मतपत्र छपाइ...

आज पश्चिमी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं – आज देशका पश्चिमी भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव आज दिउँसोसम्म गण्डकी र लुम्बिनी प्रदेशसम्म फैलिने महाशाखाको भनाइ...

निर्वाचन आचारसंहिताका कारण नेपाल व्यापार संघको महाधिवेशन सर्‍यो, चैत्र ७ गते हुने

काठमाडौं – नेपाल व्यापार संघको ३४ औँ वार्षिक साधारण सभा तथा १७ औँ महाधिवेशन सरेको छ। निर्वाचन आचारसंहिता लागू भएकाले यसअघि माघ २४ गतेका लागि तय गरिएको कार्यक्रम स्थगित गरिएको...

शक्ति बस्नेत, हर्क साम्पाङ सहित मुख्यमन्त्री हिक्मत कार्कीलाई स्पष्टीकरण सोधियो

काठमाडौँ – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयनमा कडाइ गरेको छ। आयोगले यही माघ ४ गतेदेखि लागू गरेको आचारसंहिताको अनुगमन गर्दै उजुरीका आधारमा पनि उल्लङ्घनका घटनालाई पछ्याइरहेको जनाएको छ। आयोगले नेपाली...