नीति तथा कार्यक्रम प्रस्तुत गरेबापत स्थानीय तहका जनप्रतिनिधिले दुई लाखसम्म भत्ता लिएकाे खुलासा

काठमाण्डौ – बजेट पारित, नीति तथा कार्यक्रम प्रस्तुत गरेबापत स्थानीय तहका जनप्रतिनिधिले दुई लाख रुपैयाँसम्म भत्ता लिने गरेको खुलासा भएकाे छ । महालेखा परीक्षकको कार्यालयले प्रकाशन गरेको ५७ औँ प्रतिवेदनअनुसार...

विवाहको आश्वासन दिएर बालिका बलात्कार गर्ने दुई युवा थुनामा

पर्वतको कुश्मा बजारमा बालिका बलात्कारको आरोप लागेका दुई युवा पुर्पक्षका लागि थुनामा परेका छन् । कुश्मामा भएका छुट्टाछुट्टै घटनाका दुवै आरोपित पर्वत जिल्ला अदालतको आदेशमा सोमबार पुर्पक्षका लागि थुनामा परेका...

सर्वदलीय बैठकपछि मालिकार्जुन–३ गरिएको तालाबन्दी खुल्यो

गणेश सिंह धामी दार्चुला – मालिकार्जुन गाउँपालिका वडा नं. ३ कार्यालयमा गरिएको तालाबन्दी सर्वपक्षिय, सर्वदलीय बैठकले आवश्यक मागहरु सम्बोधन हुने गरि तालाबन्दी खोल्ने निर्णय गरेको छ । वडा नं. ३...

शैल्यशिखर नगरपालिका–६ मा ३ महिना देखि अवरुद्ध विद्युत सूचारु, गाउँ झिलिमिली

गणेश सिंह धामी दार्चुला – शैल्यशिखर नगरपालिका–६ घट्टेखोला लघु जलविद्युत पुनः सूचारु भएको छ । २०७७ बैशाख २ गते राति परेको चट्याङका कारण विद्युत सेवा अवरुद्ध भएको थियो । झण्डै...

संस्कृतिको जगेर्ना : आमाहरुलाई मादल र गन्धर्वलाई सारङ्गी

बाग्लुङ – गलकोट नगरपालिका–३ का दीपक गन्धर्व वडाले सारङ्गी दिएपछि मख्ख छन् । घरमै बनाएको सारङ्गीले सुर दिन छाडेका बेला उनलाई नयाँ सारङ्गी हातपरेको छ । उनी अहिले त्यही सारङ्गी...

गुजरा नगरपालिकाको बजेट ४९ करोड

रौतहट – रौतहटको गुजरा नगरपालिकाको पाँचौ नगरसभाले साढे ४९ करोडको अनुमानित बजेट प्रस्ताव गरेको छ । सोमबार सम्पन्न गुजराको पाँचौ नगरसभाको उदघाटन समारोहमा मेयर सन्तलाल चौधरीले कुल ४९ करोड ,५२...

अब हरेक वडामा वाईफाई उपलब्ध गराइने

काठमाडौं – नेपाल टेलिकमले देशका हरेक वडामा वाईफाई उपलब्ध गराउने भएको छ । कम्पनीले पहिलो चरणमा वडामा रहेका सरकारी तथा अन्य संस्थागत कार्यालयलाई लक्षित गर्दै वाईफाई उपलब्ध गराउने तयारी गरेको...

बाढी पिडित लाई ५ लाख सहयोग गर्ने चौतारा साँगाचोकगढी नगरपालिकाको निर्णय

सुशिल सुवेदी, सिन्धुपाल्चोक सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले भोटेकोशी गाउपालिकालाई रु २ लाख र बाह्रबिसे नगरपालिकालाई रु ३ लाख गरि रु ५ लाख आर्थिक सहयोग गर्ने भएको छ । असार २४...

दार्चुलाकाे मालिकार्जुनमा निर्माण भइरहेको सडकमा वडाध्यक्षकाे अवरोध

दार्चुला – मालिकार्जुन गाउँपालिकामा निर्माण भइरहेको सडकमा वडाध्यक्षले अवरोध सृजना गरेका छन् । मालिकार्जुन गाउँपालिकाको वडा नम्बर ३ मा सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक सहयोगमा निर्माण भइरहेको चैतलीचोर देखि खरकट्या–भौनाला–गजाल–ऐरानी–सन्नी हुदै...

असार ३१ गते राती १२ बजे पश्चात सुत्र प्रणाली स्वतः बन्द हुने, स्थानीय तहमा चेक काट्न नमिल्ने

काठमाडाैँ – स्थानीय तहको वित्तीय आर्थिक व्यवस्थापनका लागि प्रयोग भइरहेको स्थानीय तह सञ्चित कोष प्रणाली सुत्र आर्थिक बर्षको मसान्तको राती १२ बजे पश्चात स्वतः बन्द हुने भएको छ । यो...

कोरोना नियन्त्रणमा दार्चुलाको महाकाली नगरपालिकाको १ करोड २२ लाख खर्च

दार्चुला – दार्चुलाको महाकाली नगरपालिकाले कोरोना खर्च विवरण सार्वजनिक गरेको छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा नगरपालिकाले एक १ करोड २२ लाख खर्च गरेको तथ्याङ्क सार्वजनिक गरेको हो ।...

दार्चुलाको नौगाड गाउँपालिकाका एक पुरुषमा कोरना संक्रमण पुष्टि

काठमाडौँ – दार्चुलाको नौगाड गाउँपालिकाका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा गरिएएको परीक्षणमा नौगाडा गाउँपालिकाका २८ वर्षिया पुरुषमा कोरोना पुष्टि भएको हो । यस्तै...