गण्डकी प्रदेशमा थप ७८ जनामा कोरोना सङ्क्रमण पुष्टि

गण्डकी प्रदेशमा थप ७८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशमा कोरोना सङ्क्रमितको संख्या छ हजार ७९० पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण ता रोकथाम कार्यक्रमका प्रवक्ता डा।विनोदविन्दु शर्माले जानकारी दिए । थपिनेमा नवलपरासी (बर्दाघाट सुस्ता पूर्व)का ५५, कास्कीका नौ, बाग्लुङका पाँच, म्याग्दीका चार, स्याङ्जाका तीन र तनहुँका दुई […]

जग्गाधनी प्रमाणपुर्जा नभएका भूकम्प पीडित घरधुरीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिने

जग्गाधनी प्रमाणपुर्जा नभएका तनहुँका २७ भूकम्प पीडित घरधुरीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिने भएको छ । अव्यवस्थित जग्गामा बसोबास गर्दै आएका र विसं २०७२ को भूकम्पले घर क्षति भएका घरधुरीलाई स्थायी घर बनाउन उनीहरु बसोबास गरेकै ठाउँको जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउने तयारी छ । सङ्घीय सरकारको मन्त्रिपरिषद्को निर्णयानुसार त्यस्ता भूकम्प पीडितलाई स्थायी आवास बनाउन जग्गाधनी प्रमाणपुर्जा […]

सामूहिक टीका कार्यक्रमले चहलहल हुने पोखराको भरतपोखरीस्थित कोटभैरव मन्दिर आज सुनसान

गण्डकी – विजयादशमीका दिन प्रत्येक वर्ष सामूहिक टीका कार्यक्रमले चहलहल हुने पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित कोटभैरव मन्दिर आज सुनसान देखिएको छ । कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर यो वर्ष परम्परादेखि नै चल्दै आएको सामूहिक टीका लगाउने कार्यक्रम नगर्ने भएपछि सो मन्दिर परिसर सुनसान देखिएको हो । नेपालका वाइसे चौवीसे राजाका पालादेखि अस्तित्वमा आएको मानिने मन्दिरमा […]

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङद्वारा दशैँको शुभकामना

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालीहरूको महान पर्व विजयादशमी–२०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् । आज एक शुभकामना सन्देश जारी गर्दै उनले दशैँ पर्वले सबै नेपालीलाई आ–आफ्नो क्षेत्रबाट न्याय र समानतासहितको सामाजिक, आर्थिक समृद्धि, सामाजिक एकता, आपसी सद्भाव […]

पोखरा बजार क्षेत्रको २५ किमी मुख्य सडकमा अस्फाल्ट प्रविधिबाट कालोपत्रे शुरु

पोखरा महानगरपालिकाको बजार क्षेत्रको २५ किमी मुख्य सडकमा अस्फाल्ट प्रविधिबाट कालोपत्रे शुरु भएको छ । यातायातको बढी चाप हुने बजार क्षेत्रमा खाल्डाखुल्डी परेर वर्षेनी सडक जीर्र्ण भएपछि प्रदेश सरकार, पोखरा महानगरपालिका तथा डिभिजन सडक कार्यालयले मुख्य सडकलाई अमेरिकी प्रविधि अस्फाल्ट विधिबाट कालोपत्रे गर्ने भएका हुन् । हालको पीच सडकलाई स्तरोन्नति गरी अस्फाल्ट कालोपत्रे गरिने छ […]

गण्डकी प्रदेश सरकारले कोरोना सङ्क्रमितको उपचार निःशुल्क गर्ने

पोखरा- गण्डकी प्रदेश सरकारले कोरोना सङ्क्रमितको उपचार निःशुल्क गर्ने कार्यलाई निरन्तरता दिने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को बुधबारको बैठकले यसअघिजस्तै निःशुल्क उपचार तथा व्यवस्थापन प्रक्रियालाई निरन्तरता दिने निर्णय गरेको हो । विभिन्न सामाजिक सञ्जालमा उपचार र व्यवस्थापनका सन्दर्भमा क्रियाप्रतिक्रिया आएकामा प्रदेश सरकार प्रदेशवासीलाई सामाजिक सञ्जालमा आएका कुुरामा विश्वास नगर्न आग्रह गर्र्दै यसअघि जेजस्ता कार्य […]

गण्डकी प्रदेशविरुद्ध ३८ मुद्दाः सात फैसला

कास्की – गण्डकी प्रदेश सरकार र मातहतका कार्यालयविरुद्ध विभिन्न तहका अदालतमा चालु आवमा २७ मुद्दा दर्ता भएका छन् । अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेका ११ गरी आव २०७६/७७ मा ३८ मुद्दा रहेका छन् । तीमध्ये सात फैसला भएको मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेले बताए । घिमिरेका अनुसार सर्वोच्च अदालतमा २४ मुद्दा रहेकामा दुई फैसला भएर अब […]

छोराको कुटाईबाट ६० वर्षीय बुवाको मृत्यु

गुल्मी – इस्मा गाउँपालिका–४ का २६ वर्षीय अनिल बस्नेतले आफ्नै ६० वर्षीय बुवा दिलबहादुरको कुटपिट गरी हत्या गरेका छन् । आइतवार राति अनिलले घरभित्रै कुटपिट गरी घाइते बनाएका दिलबहादुरको थप उपचारको लागि बुटवल लैजाने क्रममा राति नै बाटोमै मृत्यु भएको जिल्ला प्रहरीका कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) केदारराज पन्तले जानकारी दिए । गम्भीर घाइते […]

बेँसीशहर–चामे सडकखण्ड महिनौँदेखि अवरुद्ध

हिमाली जिल्ला मनाङ जोड्ने एक मात्र बेँसीशहर–चामे सडकखण्ड महिनौँदेखि अवरुद्ध छ । अविरल वर्षासँगै आएको बाढी पहिरोले यस सडकखण्डको झन्डै लमजुङतर्फको ३५ किलोमिटर सडक सबैजसो पहिरो र बाढीले क्षतविक्षत बनाएको छ । कतिपय ठाउँमा स्थानीय सरकारको पहलमा सडक डिभिजनले सडक मर्मत गरी सञ्चालनमा ल्याएको थियो तर पानी फेरि परेपछि पुल तथा सडक मर्मत गर्न सकिएको […]

पोखरा महानगरपालिकाले अनलाइनमार्फत कृषकको वर्गीकरण गर्ने

पोखरा- पोखरा महानगरपालिकाले अनलाइनमार्फत कृषकको वर्गीकरण गर्ने भएको छ । महानगरमा भित्रका कृषकलाई परिचयपत्र वितरण गर्नका लागि अनलाइनमार्फत आवेदन लिन सक्ने गरी वर्गीकरणको प्रक्रिया अगाडि बढाइएको महानगरपालिका कृषि तथा पशु विकास महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिनुभयो । कडरियाका अनुसार महानगरले तयार पारेको वेबसाइट https://apms.pokharakrishi.com मा राखिएको अनलाइन दर्ता फारम भरेर कृषक सूचीकृत हुन सक्नेछन् […]