जुवातास खेलिरहेको अवस्थामा आठजना पक्राउ

कास्की, २५ माघ ।  पोखरा महानगरपालिका-२९ भण्डारढिक बस्ने ३२ वर्षीया गीता पुनको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-२७ तालचोक बस्ने ५६ वर्षीय दल बहादुर गुरूङ समेत ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५७ हजार १ सय ९५ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्