गण्डकी प्रदेशको बर्खे अधिवेशनको तयारी पूरा

कास्की – गण्डकी प्रदेशसभाको आइतबारका लागि आह्वान गरिएको बर्खे अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोेभिड–१९ को जोखिम न्यूनीकरणका लागि सामाजिक दूरी कायम गर्दै आवश्यक सुरक्षाका उपाय अवलम्बन गरी पोखरा सभागृहमा अधिवेशन हुन लागेको हो । यसअघि पोखरा महानगरपालिका–३ नदीपुरस्थित प्रदेशसभा भवनमा पाँचौँ अधिवेशन सम्पन्न भएको थियो । हालको प्रदेशसभा […]

गोरखाका एक बालकमा डेङ्गुको सङ्क्रमण पुष्टि

गोरखा – गोरखाको भीमसेन थापा गाउँपालिका–१ मसेलमा डेङ्गु रोगको सङ्क्रमण देखिएको छ । मसेलस्थित खागिथोकका १४ वर्षीय बालकमा डेङ्गुको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गोरखाका महामारीसम्बन्धी फोकल पर्सन नारायणबाबु अर्यालले जानकारी दिए । बालकलाई अत्यधिक ज्वरो आएपछि चैत ६ गते अस्पताल भर्ना गरिएकामा डेङ्गुको शङ्का लागेर परीक्षण गर्दा सङ्क्रमणको पुष्टि भएको उनले बताए । सङ्क्रमित […]

गोरखा ५ दिन सील गर्ने निर्णय

गोरखा – कोरोना विपद् व्यवस्थापन केन्द्र, जिल्लास्तरीय कमाण्ड पोष्ट तथा सुरक्षा समिति गोरखाले गोरखा जिल्ला पाँच दिन सिल गर्ने निर्णय गरेको छ । समितिको बुधबार बसेको बैठकले देशभर कोरोना सङ्क्रमण फैलिँदै गएको भन्दै यही जेठ १ देखि ५ गतेसम्म पूरै जिल्ला सिल गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रशासकीय अधिकृत हर्कबहादुर रोकाले जानकारी दिए […]

प्युठानका ११ जनामा आरडीटी पोजेटिभ

प्युठान – प्युठानका ११ जनामा आरडीटी पोजेटिभ देखिएको छ । प्यूठान नगरपालिका–९ र १० वडाको क्वारेन्टाइनमा बसेका व्यक्तिमा आरडीटी पोजेटिभ आएको हो । प्यूठान नगरपालिकाको स्वास्थ्य शाखाका स्वास्थ्य अधिकृत दधिराम सुवेदीका अनुसार आठ जना पुरुष र तीन जना महिलामा आरडीटी पोजेटिभ देखिएको छ । उनीहरुको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरि पठाउने उनले जानकारी दिए […]

दुई करोड १० लाख रुपैयाँ लागतको मोटरेबल पुल ६ महिना नपुग्दै जीर्ण

काठमाडौं, – म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ५ शिखमा निर्मित शिख–स्वाँत जोड्ने आर्क मोटरेबल पुल ६ महिना नपुग्दै जीर्ण भएको छ । पूर्वाधार विकास योजना कार्यालयले रु दुई करोड १० लाखको लागतमा स्वच्छन्द गौचन जेभीमार्फत गत मंसिरमा सो पुल निर्माण गरेको थियो । एकतीस मिटर लम्बाइको सो पुलको बीच भागमा दुई भ्वाङ परेको स्थानीय पत्रकार […]

लकडाउनको पालना गर्दै विकास निर्माणमा जुटौः मुख्यमन्त्री सुब्बा

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बन्दाबन्दीको पूर्णरुपमा पालन गर्दै विकास निर्माणमा जुट्नुपर्ने आवश्यकता औँल्याएका छन् । पोखरा महानगरपालिका–२२ चिसापानीस्थित फुस्रेखोलामा निर्माणधीन पक्की पुलको आज स्थलगत निरीक्षणका क्रममा उनले कोरोना भाइरसका कारण समग्र अर्थतन्त्रण प्रभावित भएको वर्तमान अवस्थामा निर्माण र उत्पादनलाई अघि बढाउनुको विकल्प नभएको बताए । विकास निर्माणलाई रोक्दा त्यसले समग्र अर्थतन्त्रका साथै […]

म्याग्दीमा एकै दिन २ जना डेङ्गुका विरामी भेटिए

म्याग्दी – हिमाली जिल्ला म्याग्दीमा एकैदिन दुई डेङ्गु रोगका बिरामी फेला परेका छन् । पछिल्लो सात दिनयता जिल्लामा पाँच डेङ्गुका बिरामी भेटिएका छन् । बेनी नगरपालिका–७ मङ्गलाघाट र मङ्गला गाउँपालिका–१ भरजुलाका एक–एक जनामा बुधबार डेङ्गु पोजेटिभ भेटिएको बेनी अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिए । दुवै पुरुष बिरामीको बेनी अस्पतालमा भर्ना गरेर उपचार शुरु […]

आत्महत्या दुरुत्साहन गरेको अभियोगमा प्रहरी जवान पक्राउ

बागलुङ – बागलुङ नगरपालिका–२ माझकोट आनन्द चौपारीस्थित डेरा गरी बस्ने ३३ वर्षीया सम्झना किसानलाई आत्महत्या दुरुत्साहन गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी जवान राकेश दवाडीलाई हिरासतमा लिइएको छ । तनहुँको व्यास नगरपालिका वडा नं ८ का स्थायी बासिन्दा दवाडी जिल्ला प्रहरी कार्यालय बागलुङमा कार्यरत थिए । मृतक किसानले लेखेको सुसाइटनोट र परिवारले दिएको जाहेरीका […]

पोखराका ७६ उद्योग मध्ये ३४ संचालनमा

पोखरा – कास्कीको पोखरामहानगरपालिका वडा नं १० स्थित औधोगिक क्षेत्रमा रहेका ७६ उद्योग मध्ये ३४ वटा उद्योग संचालनमा छन् । बिश्वभर फैलिएको कोरोना भाइरसका कारण देशमा लकडाउनको अवस्थामा पनि ति उद्योग संचालनमा आएका हुन् । जसमध्ये चाउचाउ ,पानी, बिस्कुट, मसला, दुग्ध गरि १७ उद्योग अत्यावश्यक खाद्य सामाग्रीका उद्योग छन् भने अन्य २ वटा अक्सिजन ग्यासका […]

लकडाउनमै झोलुङ्गे पुल निर्माण सम्पन्न, संसारकै लामो भएको दाबी

बागलुुङ – बागलुङ र पर्वत जिल्ला जोड्ने लामो झोलुङ्गे पुल निर्माणको काम बन्दाबन्दीकै समयमा सम्पन्न भएको छ । ‘सिङ्गल स्पान’मा संसारकै लामो दाबी गरिएको यो पुल ५ सय ६७ मिटर लामो छ । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण फैलिन नदिन नेपाल सरकारले गरेको बन्दाबन्दीका कारण धेरै आयोजना निर्माणको काम ठप्प भए पनि निर्माण स्थललाई पूर्ण रूपमा बन्द गरेर […]