क्वारेन्टाइनमा बसेका एक जना बृद्धको मृत्यु

रोल्पा – रोल्पाको माडी गाउँपालिका–२ पारिबाङ दह स्थित भगवति आधारभूत विद्यालयको क्वारेन्टाइनमा बसेका एक जना बृद्धको मृत्यु भएको छ । माडी गाउँपालिका–२ कै ६२ वर्षिय तुलबहादुर परियारको मृतयु भएको इलाकाप्रहरी कार्यालय घर्ती गाउँका प्रहरी निरीक्षकशंकर खड्काले जानकारी दिए । दम रोगको उपचारकालागि काठमाण्डौं गएका परियार बैशाख १२ गते भक्तपुरको कृष्ण ईटाभट्टामा मजदुरी गर्ने छोरासँगै गाउँ […]

खागले टोकेर गोरखामा ६ जना घाइते, चारको अवस्था गम्भीर

गोरखा – गोरखाको शहीद लखन गाउँपालिका–८ बुङकोटस्थित सुनपानीमा खाग (अरिङ्गालजस्तै किरा) ले टोकेर छ जना घाइते भएका छन् । बुधबार दिउँसो जङ्गलमा गोठाला गएका र घाँसदाउरा काट्न गएका स्थानीय दीपा घर्तीमगर, प्रतिमा अम्गाँई र बुद्धिराम श्रेष्ठलाई शुरुमा खागले टोकेको वडाध्यक्ष काशीनाथ अम्गाँईले जानकारी दिए । बाटोमा हिँडिरहेका बेला सोही ठाउँका इन्दिरा अम्गाँई र उनकी तीन […]

पोखराकी ५५ वर्षीया महिलामा र्‍यापिड टेष्ट गर्दा कोरोना पोजेटिभ

कास्की — पोखराकी ५५ वर्षीया महिलाको र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) किटको परीक्षण रिपोर्ट पोजिटिभ देखिएको छ । दुबईबाट २७ दिनअघि फर्किएकी पोखरा–१२ ढिकालेथरकी महिलाको रगतको नमुना किटबाट परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको हो । पोखराको १० र १२ नम्बर वडाका ३४ जनाको नमुना परीक्षण गर्दा उनको नतिजा शंकास्पद देखिएपछि पुनः परीक्षण गरिएको थियो । दोस्रोपटक […]

क्वारेन्टाइनमा बस्नेहरुलाई दैनिक ५१० रुपैयाँ भत्ता दिने गण्डकी प्रदेश सरकारको निर्णय

कास्की – गण्डकी प्रदेश सरकारले कोरोना भाइरस कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि क्वारेन्टाइनमा बस्नेहरुलाई दैनिक ५१० रुपैयाँ भत्ता दिने निर्णय गरेको छ । चैत महिनाभित्र बाहिरबाट आएकाहरुलाई स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनमा धेरै भन्दा धेरै व्यक्तिहरुलाई राख्ने प्रबन्ध मिलाउनकालागि दैनिक भत्ता दिने निर्णय गरेको गण्डकी प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए । यस्तै […]

कोरोना संक्रमितलाई मुख्यमन्त्री गुरुङको फोनः के भने फोनमा (पुर्णपाठ सहित)

काठमाडौं – कोरोना संक्रमण देखिएकी एक १९ वर्षीया युवती हाल धौलागिरी अस्पतालमा उपचाररत छिन् । बेल्जियमबाट कतार हुँदै नेपाल आएकी उनलाई गत १५ गते कोरोना पुष्टि भएको थियो । संक्रमित युवतीसँग गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले टेलिफोनमा कुराकानी गरेका छन् । उनले युवतीको स्वास्थ्य अवस्था बुझ्नुका साथै विभिन्न सल्लाह पनि दिए । मुख्यमन्त्रीले बढीभन्दा बढी […]

गण्डकीमा कोरना रोकथामको तयारी : १ सय ११ आइसोलेसन बेड तयार, आठ स्थानमा स्वास्थ्य सहायता कक्षा

कास्की – कोरोना भाइरस सङ्क्रमणबाट सजगता अपनाउन गण्डकी प्रदेशअन्तर्गत विभिन्न जिल्लाका अस्पतालमा १११ आइसोलेसन बेड तयारी अवस्थामा राखिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार कोरोना भाइरस सङ्क्रमण पुष्टि भएमा बिरामीको उपचारका लागि प्रदेशका विभिन्न जिल्लाका सरकारी तथा निजी अस्पतालमा गरी हालसम्म सो सङ्ख्यामा विशेष सुविधासहितको आइसोलेसन कक्ष तयार गरिएको हो । गण्डकी प्रदेशको सबैभन्दा […]

फेवातालमा डुंगा सवारका क्रममा बेपत्ता भएका काठमाडौं सुमितको शव फेला

फेवातालमा डुंगा सवारका क्रममा सोमबार बेपत्ता भएका काठमाडौं, कपनका सुमित भनिने रामशरण लुइँटेलको शव फेला परेको छ । गण्डकी प्रदेश सशस्त्र प्रहरी गण पोखराबाट खटिएका उद्धार टोलीले खोजतलास गर्ने क्रममा मंगलबार दिउँसो रामशरणको शव फेला पारेको हो । रामशरणसँगै डुंगामा सवार काठमाडौं १० कपनकै २७ वर्षीय सुविन चालिसे र २८ वर्षीय रुपेश अधिकारीको भने प्रहरीले […]