पर्वतमा पहिलोपटक पाँच जनामा कोरोना संक्रमण, स्याङ्जामा पाँच थपिए, गण्डकी प्रदेशमा कुल ३७

स्याङ्जा – पर्वतमा पहिलो पटक ५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । पर्वतको कुश्मामा क्वारेन्टाइनमा बस्दै आएका १९, २०, २१ र ४० वर्षका गरी ५ जना पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । यस्तै स्याङ्जामा ५ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्याङ्जाको चापाकोट नगरपालिकाको क्वारेन्टाइनमा बस्दै आएका २२, २६, […]

जापानमा बस्दै आएका श्रेष्ठले गरे आफ्नै गाउँका विपन्न ३५ घरपरिवारलाई राहत वितरण

काठमाडौँ – जापानमा बस्दै आएका समाजसेवी रविन श्रेष्ठको आर्थिक सहयोगमा अति विपन्न परिवारलाई खाद्यान्न राहत वितरण गरिएको छ । गोरखाको गण्डकी गाउँपालिका वडा नं.१ मकैसिंहका अति विपन्न ३५ घरपरिवारलाई चामल, नुन, तेल, साबुन लगायतका राहत सामाग्री वितरण गरिएको श्रेष्ठले जानकारी दिए । राहत वितरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष ललिता अधिकारी, वडा नं. १ का वडा अध्यक्ष […]

पाल्पामा बलात्कारको आरोपमा तीन जना पक्राउ

पाल्पा – पाल्पामा बलात्कारको आरोपमा आज तीन जना पक्राउ परेका छन् । यही जेठ १० गते तिनाउ गाउँपालिका वडा नम्बर २ र ३ को सिद्धार्थ राजमार्ग नजीकै सार्वजनिक स्थानमा किशोरीलाई बलात्कार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । किशोरीका परिवारको किटानी जाहेरीका आधारमा स्थानीयवासी अभियुक्त २८ वर्षीय, ४३ वर्षीय र २४ वर्षीय युवकलाई […]

भारतबाट आएका बाग्लुङका ६ जनामा काेरोना भाइरसको संक्रमण पुष्टि

पोखरा – बाग्लुङमा थप ६ जनामा कोरोना भाइरस कोभिड (१९ सङ्क्रमण पुष्टि भएको छ । नेपालको पाँचौ र छैठौ संक्रति भेटिएको बाग्लुङमा पछिल्लो पटक थप ६ जनामा सङ्क्रमण पुष्टि भएको हो । पोखरास्थित गण्डकी प्रदेश प्रयोगशालामा गरिएको परीक्षणमा बाग्लुङको तमानखोला गाउँपालिकाका चार जना र बडिगाढ गाउँपालिकाका दुई जनामा सङ्क्रमण भेटिएको प्रदेश जनस्वास्थ्य निर्देशनालयले जनाएको छ […]

गण्डकी प्रदेश सभाको बर्खे अधिवेशन आजदेखि सुरु

काठमाडौं – गण्डकी प्रदेशसभाको बर्खे अधिवेशन आजदेखि पोखरा सभागृहमा सुरु हुँदैछ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाको जोखिम न्यूनीकरणका लागि सामाजिक दूरी कायम गर्दै आवश्यक सुरक्षाका उपाय अवलम्बन गरी अधिवेशन हुन लागेको हो । यसअघि पोखरा महानगरपालिका–३ नदीपुरस्थित प्रदेशसभा भवनमा पाँचौँ अधिवेशन सम्पन्न भएको थियो । हालको प्रदेशसभा भवन साँघुरो भएका कारणले आवश्यक सामाजिक दूरी […]

गण्डकी प्रदेशको बर्खे अधिवेशनको तयारी पूरा

कास्की – गण्डकी प्रदेशसभाको आइतबारका लागि आह्वान गरिएको बर्खे अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोेभिड–१९ को जोखिम न्यूनीकरणका लागि सामाजिक दूरी कायम गर्दै आवश्यक सुरक्षाका उपाय अवलम्बन गरी पोखरा सभागृहमा अधिवेशन हुन लागेको हो । यसअघि पोखरा महानगरपालिका–३ नदीपुरस्थित प्रदेशसभा भवनमा पाँचौँ अधिवेशन सम्पन्न भएको थियो । हालको प्रदेशसभा […]

गोरखाका एक बालकमा डेङ्गुको सङ्क्रमण पुष्टि

गोरखा – गोरखाको भीमसेन थापा गाउँपालिका–१ मसेलमा डेङ्गु रोगको सङ्क्रमण देखिएको छ । मसेलस्थित खागिथोकका १४ वर्षीय बालकमा डेङ्गुको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गोरखाका महामारीसम्बन्धी फोकल पर्सन नारायणबाबु अर्यालले जानकारी दिए । बालकलाई अत्यधिक ज्वरो आएपछि चैत ६ गते अस्पताल भर्ना गरिएकामा डेङ्गुको शङ्का लागेर परीक्षण गर्दा सङ्क्रमणको पुष्टि भएको उनले बताए । सङ्क्रमित […]

गोरखा ५ दिन सील गर्ने निर्णय

गोरखा – कोरोना विपद् व्यवस्थापन केन्द्र, जिल्लास्तरीय कमाण्ड पोष्ट तथा सुरक्षा समिति गोरखाले गोरखा जिल्ला पाँच दिन सिल गर्ने निर्णय गरेको छ । समितिको बुधबार बसेको बैठकले देशभर कोरोना सङ्क्रमण फैलिँदै गएको भन्दै यही जेठ १ देखि ५ गतेसम्म पूरै जिल्ला सिल गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रशासकीय अधिकृत हर्कबहादुर रोकाले जानकारी दिए […]

प्युठानका ११ जनामा आरडीटी पोजेटिभ

प्युठान – प्युठानका ११ जनामा आरडीटी पोजेटिभ देखिएको छ । प्यूठान नगरपालिका–९ र १० वडाको क्वारेन्टाइनमा बसेका व्यक्तिमा आरडीटी पोजेटिभ आएको हो । प्यूठान नगरपालिकाको स्वास्थ्य शाखाका स्वास्थ्य अधिकृत दधिराम सुवेदीका अनुसार आठ जना पुरुष र तीन जना महिलामा आरडीटी पोजेटिभ देखिएको छ । उनीहरुको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरि पठाउने उनले जानकारी दिए […]

दुई करोड १० लाख रुपैयाँ लागतको मोटरेबल पुल ६ महिना नपुग्दै जीर्ण

काठमाडौं, – म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ५ शिखमा निर्मित शिख–स्वाँत जोड्ने आर्क मोटरेबल पुल ६ महिना नपुग्दै जीर्ण भएको छ । पूर्वाधार विकास योजना कार्यालयले रु दुई करोड १० लाखको लागतमा स्वच्छन्द गौचन जेभीमार्फत गत मंसिरमा सो पुल निर्माण गरेको थियो । एकतीस मिटर लम्बाइको सो पुलको बीच भागमा दुई भ्वाङ परेको स्थानीय पत्रकार […]