१६ सुरक्षाकर्मीलाई कोरोना सङ्क्रमण पुष्टि

पोखरा महानगरपालिका–७ स्थित सशस्त्र प्रहरी गणमा कार्यरत १६ सुरक्षाकर्मीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले बुधबार साँझ जारी गरेको विज्ञप्तिअनुसार प्रदेश क्षयरोग केन्द्रमा गरिएको परीक्षणमा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो । गत महिना जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत प्रहरीमा सङ्क्रमण देखिएपछि उनीहरु पोखराबाट स्याङ्जामा खटिएका थिए । स्याङ्जाबाट पोखरा आएर क्वारेन्टिनमा […]

बलात्कार आरोपमा वडा अध्यक्ष पक्राउ, जबरजस्ती करणी मुद्दा दर्ताको तयारी

गोरखा – चौध वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा गोरखाका एकजना वडाध्यक्ष पक्राउ परेका छन् । पालुङटार नगरपालिका वडा नम्वर ४ का वडाध्यक्ष ठाकुरकान्त रानाभाट बलात्कारको आरोपमा पक्राउ परेको प्रहरीले जनाएको छ । बिहे गर्छु भन्दै यसअघि पनि पटक–पटक जबरजस्ती करणी गरेको भन्ने पीडित परिवारले दिएको जाहेरीको आधारमा वडा अध्यक्ष रानाभाटलाई पक्राउ गरिएको हो । […]

जिल्ला प्रहरी कार्यालय स्याङ्जामा ३७ प्रहरीमा कोरोना संक्रमण

पोखरा – मंगलबार थप १६ जनामा संक्रमण पुष्टि भएपछि स्याङ्जाको जिल्ला प्रहरी कार्यालयमा कोरोना संक्रमित प्रहरी कर्मचारीको संख्‍या ३७ पुगेको छ । प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा मंगलबार स्याङ्जा जिल्ला प्रहरी कार्यालयमा कार्यरत १६ जना प्रहरी, एक थुनुवा एक जना प्रहरीको छोरीमा संक्रमण पुष्टि भएको पुतलीबजार नगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख विष्णु काफ्लेले जानकारी दिए […]

गण्डकी प्रदेशसभाको बैठक पुनः स्थगित

पोखरा – प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको अवरोधपछि गण्डकी प्रदेश सभाको बैठक पुनः स्थगित भएको छ । संसदमा दर्ता गराएको संकल्प प्रस्तावलाई बेवास्ता गरेको भन्दै काँग्रेसले सोमबार पनि बैठक बहिस्कार गरेको थियो । मंगलबार सभामुख नेत्रनाथ अधिकारीले बैठक सुरु भएको घोषणा गरे लगत्तै काँग्रेसका सांसदहरुले उठेर विरोध जनाएका थिए । काँग्रेसले बैठक बहिस्कार गरेपछि सभामुख […]

मणिपाल शिक्षण अस्पतालमा कार्यरत एक जना डाक्टरमा कोराना सङ्क्रमण पुष्टि

कास्की– पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा कार्यरत एक जना डाक्टरलाई कोराना सङ्क्रमण पुष्टि भएको छ । कोरोना सङ्क्रमणका आशङ्कामा आइतबार उनको स्वाब पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रयोगशालामा परीक्षणका लागि पठाइएकोमा पोजिटिभ देखिएको हो । उनलाइ क्षेत्रीय अस्पतालको आइसोलेसनमा राखिएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले बताए । सङ्क्रमित डाक्टरले जाँचेका बिरामी र उनको सम्पर्कमा आएका व्यक्तिहरूको कन्ट्याक्ट […]

गएराति घर भत्किँदा एक जनाको मृत्यु

काठमाडाैँ – मुस्ताङको थासाङ गाउँपालिका–२ नाउरीकोटमा घर भत्किँदा गएराति एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा १८ वर्षीय निशान तुलाचन रहेको प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए । उनका अनुसार घर भत्किँदा निशानका हजुरबुबा ७० वर्षीय रनप्रसाद गौचन घाइते भएका छन् । ढुङ्गा र माटोले बनेको घर वर्षाले भत्किएको बताइएको छ । बाजे नाति […]

लमजुङमा पहिरो जाँदा कम्तिमा १० घर पुरिए

लमजुङ – लमजुङमा पहिरो जाँदा कम्तिमा १० घर पुरिएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार मर्स्याङ्दी गाउँपालिका वडा नं. १ मा पहिरो जाँदा कम्तिमा १० घर पुरिएका हुन् । केही दिनदेखि परिरहेको अविरल वर्षापछि पछि पहिरो गएको हो । जिल्ला प्रहरी प्रमुख डीएसपी गंगाबहादुर थापाका अनुसार हाल नजिकै रहेको इलाका प्रहरी चौकीको टोली घटनास्थलमा पुगेको […]

गण्डकीमा २४ जना कोरोना संक्रमित थपिए, कुल संख्या १३ सय नाघ्यो, निको कति भए ?

कास्की – गण्डकीमा कोरोना संक्रमितको संख्या १३ सय नाघेको छ । आइतबार प्रदेशभरि २४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या एक हजार ३२० पुगेको हो । गण्डकी स्वास्थ्य निर्देशनालयले आइतबारमात्रै गण्डकीका ६ जिल्लामा कोरोना संक्रमित थपिएको जनाएको छ । पछिल्लो समय कोरोना संक्रमण पुष्टि हुने जिल्लामा लमजुङ र कास्कीका १२ जना छन् । जसमध्ये […]

कास्कीमा पहिरो जाँदा ३ जनाको मृत्यु

पोखरा – कास्कीमा पहिरो जाँदा ३ जनाको मृत्यु भएको छ । माछापुच्छ्रे गाउँपालिका–८, खोरामुखमा पहिरो जाँदा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गएरातिदेखि अविरल परेको वर्षाका कारण स्थानीय प्रेम विकको घरमा पहिरो खसेको प्रहरीले जनाएको छ । पहिरोमा परी ज्यान गुमाउनेमा १६ वर्षीय कुशल विक, १४ वर्षीय समीर विक र १६ […]

कास्कीमा दुर्लभ ‘किङ कोब्रा’भेटिएपछि संरक्षण शुरु

जिल्लाको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकमा विश्वमै दुर्लभ प्रजातिमा पर्ने सर्प राजगोमन ‘किङ कोब्रा’ भेटिएको छ । घाचोकको टुटुङ्गास्थित स्वास्थ्यचौकी नजिक देखिएको सर्प किङकोब्रा रहेको पुष्टि भएपछि संरक्षणका लागि अहिले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०, सर्प संरक्षण समाज, स्थानीय जनप्रतिनिधिलगायतका संस्था तथा व्यक्तिहरु जुटेका छन् । काली नागसमेत भनिने सो सर्पको गुँड फेला परेपछि सोही स्थानमा संरक्षण […]