गण्डकीका ७ जिल्लामा १५ जना कोरोना संक्रमित थपिए

कास्की – गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना भाइरस (कोभिड(१९)को संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्षयरोग केन्द्र, पोखरामा गरिएको परीक्षणमा नयाँ संक्रमित फेला परेका हुन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आइतबार गण्डकीका ७ जिल्लामा नयाँ कोरोना संक्रमित थपिएका हुन् । निर्देशनालयका अनुसार संक्रमण पुष्टि हुनेमा तनहुँका ६ जना छन् । […]

‘श्रीमती र छोरीलाई तान्दातान्दै पहिरोले बगायो’

म्याग्दी – धवलागिरि गाउँपालिका–६ रिखकी ३३ वर्षीया हीरा जुग्जालीको शुक्रबार बिहानै कोदो रोप्न बारीमा जाने योजना उज्यालो हुन नपाउँदै खसेको पहिरोले पूरा हुन दिएन । “बिहानै मेलामा जाने योजना थियो । जेठी छोरी र छोरा मसँग थिए”, हीराका श्रीमान् धनबहादुरले भने, “अर्को कोठामा सुतेका दुई छोरी र श्रीमतीलाई तान्दातान्दै पहिरोले बगायो ।” पहिरोमा भाग्ने क्रममा […]

गण्डकीमा थपिए १४ जना कोरोना संक्रमित, कुल संख्या ११ सय ७६ पुग्यो

पोखरा – गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश क्षयरोग प्रयोगशाला केन्द्रमा गरिएको परीक्षणमा नयाँ संक्रमित फेला परेका हुन् । शनिबार नयाँ संक्रमित पुष्टि हुने जिल्लामा तनहुँ, म्याग्दी, स्याङ्जा, बागलुङका छन् । तनहुँमा ४ जना, म्याग्दीमा २ जना, स्याङ्जामा ३ जना, बाग्लुङमा ३ जना र […]

म्याग्दी पहिरोमा हराइरहेका मध्ये १२ जनाको शव भेटियो, २३ जना अझै बेपत्ता

काठमाडौँ – म्याग्दीको पहिरोमा हराइरहेकामध्ये १२ जनाको शव भेटिएको छ । २३ जना अझै बेपत्ता छन् । बिहीबार राति वर्षासँगै आएको पहिरोले घर बगाउँदा म्याग्दीका बिभिन्न ठाउँमा गएको बाढीपहिरोमा परेर धेरै मानिस वेपत्ता भएका थिए । शुक्रबार तीन जनाको शव भेटिएको थियो । धवलागिरि गाउँपालिका ६ मराङमा एक बालकसहित ९ जनाको शव भेटिएको म्याग्दी प्रहरी […]

गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या ११ पुग्यो, १२ जना वेपत्ता {अपडेट}

कास्की – बिहीबार राति परेको अविरल वर्षाका कारण गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या ११ पुगेको छ भने १२ जना बेपत्ता भएका छन् ।अविरल रुपमा परेको पानीका कारण पहिरोमा परी कास्कीमा ७, लमजुङमा ३ र म्याग्दीमा १ जना गरी ११ जनाको मृत्यु भएको छ । पहिरोमा परी १६ जना घाइते भएका छन् । प्रदेश प्रहरी कार्यालय […]

पोखरामा बाढीको बितण्डा, ४ जनाको मृत्यु

अविरल वर्षापछिको पहिरोमा पुरिएर पोखराका दुई स्थानमा बिहीबार राति ४ जनाको ज्यान गएको छ । मृतकमध्ये तीन जनाको सनाखत हुन सकेको छैन । कास्की प्रहरीका प्रवक्ता डीएसपी सुवास हमालका अनुसार पोखरा–१८ सराङकोट गोठादीमा राति २ बजेतिर पहिरोले घर पुर्दा तीन जनाको मृत्यु भएको छ । उक्त घरमा परिवार सदस्यको जन्मदिन परेकाले आफन्त र इष्टमित्रलाइ पनि […]

गोरखा अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं – गोरखा अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । पालुङटार नगरपालिका वडा नं. ७ निवासी ४४ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार उनको मृत्यु शनिबार बिहान ५ बजेर ५ मिनेटमा मृत्यु भएको हो । उनी असार १६ गते कतारबाट आएका थिए । यससँगै नेपालमा कोरोना […]

गण्डकीका ४ जिल्लामा थपिए ३२ जना कोरोना संक्रमित, संक्रमितको संख्या १ हजार नाघ्यो

पोखरा – गण्डकी प्रदेशमा ३२ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश क्षयरोग केन्द्र पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा ४ जिल्लामा कोरोना संक्रमितको संख्या बढेको हो । शुक्रबार कोरोना संक्रमण पुष्टि हुनेमा १९ जना नवलपरासीका छन् । नवलपरासीको कावासोती र मध्यबिन्दूमा कोरोना संक्रमित थपिएका हुन् । त्यस्तै तनहुँमा ९ जनामा कोरोना पुष्टि भएको […]

गण्डकी प्रदेशमा आज (विहिवार) थप ८ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशमा विहिवार थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले प्रेस विज्ञप्ती सार्वजनिक गर्दै विहिवार विहान ८ बजेसम्मको अध्यावधिक विवरण उल्लेख गरेको छ । जसमा प्रदेश क्षयरोग केन्द्र, पोखरामा गरिएको परीक्षणमा तनुहँको ऋषिङका ३ पुरुष, बाग्लुङको बाग्लुङ नगरपालिकाका १ पुरुष, स्याङजाको कालिगण्डकीका १ पुरुष, वालिङका १ […]

गण्डकीका ६ जिल्लामा २८ जना कोरोना संक्रमित थपिए

काठमाडौँ – गण्डकी प्रेदशका ६ जिल्लामा २८ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश क्षयरोग केन्द्र पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माले जनाकारी दिए । उनका अनुसार नवलपरासी […]