कञ्चनपुरमा एक जना युवक मृत भेटिए, हात्तीको आक्रमणबाटै मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान

कञ्चनपुर – कञ्चनपुरमा एक जना युवक मृत भेटिएका छन् ।

बेलौरी नगरपालिका- ५ स्थित पुष्पलाल स्मृति सामुदायिक वनमा बेलौरी नगरपालिका- ६ ढक्काचादर बस्ने २२ वर्षीय उमेश चौधरी मृत भेटिएको कञ्चनपुर प्रहरीले जनाएको छ । उक्त स्थान वरपर हात्तीको दिसा र रुखहरू समेत मडारेको जस्तो देखिएको छ । प्रारम्भिक अनुसन्धानबाट चौधरीको मृत्यु हात्तीको आक्रमणबाटै भएको हुन सक्ने प्रहरीको अनुमान छ । यद्यपि मृतकको शव परीक्षण हुन बाँकी छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्