आमा बितेपछि धारचुलाको आश्रयस्थलमा नै किरिया बसेका भट्टलाई घर ल्याउने तयारी

काठमाडौं । आमाको मृत्यु भए पनि लकडाउनका कारण भारतको धारचुलामा रोकिएका एक नेपाली घर आउन पाउने भएका छन् ।

दार्चुलाको शैल्यशिखर नगरपालिका–१, बाँलाचका वासुदेव भट्ट आमाको मृत्यु हुँदा पनि स्वदेश फर्किन नपाएपछि भारतको धारचुलास्थित आश्रयस्थलमा नै किरिया बसेका थिए ।

भट्टबारे समाचार प्रकाशमा आएपछि गृह मन्त्रालयले उनलाई घर फर्काउन जिल्ला प्रशासन कार्यालय दार्चुलालाई निर्देशन दिएको छ । निर्देशनलगत्तै जिल्ला प्रशासनले उनलाई घर पुर्‍याउने तयारी गरेको छ ।

दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले भट्टलाई आजै घर पुर्‍याउने व्यवस्था गरिने बताए । उनलाई घर पुर्‍याउन शैल्यशिखर नगरपालिकाको टोली गाडीसहित गएको उनले जानकारी दिए ।

लकडाउन घोषणा गरेपछि दार्चुलापारी धार्चुलामा साढे ५ सयभन्दा बढी नेपाली रोकिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्