काठमाडौं, २२ मंसिर । संसदीय सुनुवाइ समितिले पोर्चुगलका लागि प्रस्तावित राजदूतमा सनिल नेपालको नाम अनुमोदन गरेको छ।
समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले प्रस्तावित राजदूतमा नेपालको योग्यता, क्षमता, अनुभव र कार्ययोजनामाथि छलफल गरी नाम सर्वसम्मतिले अनुमोदन गरेको हो।
गत २३ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाललाई पोर्चुगलका लागि प्रस्तावित राजदूतमा सिफारिस गर्ने निर्णय गरेको थियो।