काठमाडौँ, २१ मङ्सिर । ईङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटी एस्टन भिल्लासँग पराजित भएको छ ।
गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटी एस्टन भिल्लासँग १-० गोल अन्तरले पराजित भएको हो ।
एस्टन भिल्लाको जितमा खेलको ७४औं मिनेटमा लिओन बेलीले गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो ।
यो जितपछि एस्टन भिल्ला लिगमा तेस्रो स्थानमा उक्लिएको छ । १५ खेलमा ३२ अंक रहेको भिल्लाले सिटीलाई उछिन्दै लिगमा तेस्रो स्थानमा उक्लिएको हो ।
त्यसैगरी म्यानचेस्टर सिटीको भने यस सिजनमा यो तेस्रो हार हो । यो हारपछि सिटीको १५ खेलमा ३० अंक रहेको छ र लिगमा चौथो स्थानमा झरेको छ ।