काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरीले बिहीबार अत्यावश्यक काममा मात्र सवारीसाधन लिएर निस्कन आग्रह गरेको छ ।
भोलि उत्यकामा विभिन्न समूहद्वारा र्याली जुलुस तथा विरोध प्रर्दशन गर्ने भन्ने बुझिन आएकाले अतिआवश्यक काममा मात्र सवारी साधान लिएर निस्कन अनुरोध गरेको हो ।
यसैगरी, ट्राफिक प्रहरीले सडकमा निस्कन पूर्व १०० वा १०२ मा टेलिफोन गर्नुहुन र ट्राफिक एफ एम।९५.५ मेगाहर्ज सुनी सडकको अवस्थाबारे जानकारी लिन पनि अनुरोध गरेको छ ।
सुरक्षा र ट्राफिक व्यवस्थापन गर्ने क्रममा सवारी सधान जुनसुकै ठाउँबाट डाइभर्सन गर्न सकिने पनि प्रहरीद्वारा जारी सूचनामा उल्लेख छ ।