लायन्स क्लव अफ काठमाडौं रक्तदाता समुहद्वारा भुकम्प पिडितहरुलाई राहत वितरण

लायन्स क्लव अफ काठमाडौं रक्तदाता समुहले रुकुम पश्चिम तथा जाजरकोटका भुकम्प पिडितहरुलाई राहत सामाग्री वितरण गरेको छ ।
क्लवका चार्टर प्रेसिडेन्ट लायन केदारप्रसाद न्यौपानेको संयोजकत्व तथा काठमाडौं महानगरपालिका वडा नं २२ का अध्यक्ष चिनीकाजी महर्जन र राष्ट्रिय व्यापार संघका अध्यक्ष सरोज श्रेष्ठको विशेष उपस्थितिमा क्लवले न्यानो कपडा तथा नगद हस्तान्तरण गरेको हो ।

‘जहाँ आवश्यकता त्यहाँ लायन्स’ भन्ने मुल मन्त्रलाई आत्मसात् गर्दै क्लवले आपत् विपतको घडिमा भुकम्पबाट प्रभावित घरपरिवार तथा आफन्त गुमाउनेहरुका लागि केही भएपनि राहत मिलोस् भन्दै सहयोग प्रदान गरेको रिजन चेयर पर्सन तथा क्लवका चार्टर प्रसिडेन्ट लायन केदारप्रसाद न्यौपानेले जानकारी दिए ।
क्लवले महामारीको समयमा रगतको क्षेत्रमा मात्र नभई विभिन्न आपत विपतमा खाद्यन्न, लत्ताकपडा तथा आर्थिक रुपमा पनि सहयोग गर्दै आएको बताउँदै रिजन चेयर पर्सन न्यौपानेले आगामी दिनहरुमा पनि यस्ता सहयोगका कार्यहरु निरन्तर गर्दै जाने प्रतिवद्धता समेत जनाए ।

वडा नं. २२ का अध्यक्ष चिनीकाजी महर्जनले भुकम्प पिडितहरुका लागि रक्तदाता समुहले गरेको कार्यको प्रसंसा गर्दै अन्य संघ संस्थाहरु पनि रक्तदाता समुहले गरेको कार्यले उत्प्रेरित हुने बताए । उनले जाजरकोट र रुकुममा गएको भुकम्पमा परि ठूलो जनधनको क्षति भएकोले सहयोग गर्न सम्पुर्ण वडाबासी उद्योगी, व्यवसायी संघ, संस्थाहरुलाई आग्रह समेत गरेका थिए ।
राष्ट्रिय व्यापार संघका अध्यक्ष सरोज श्रेष्ठले लायन्स क्लव अफ काठमाडौं रक्तदाता समुहले गरेको कार्यबाट आफूलाई प्रेरणा मिलेको बताउँदै आफू लगायत राष्ट्रिय व्यापार संघले पनि छिट्टै नै राहत सामाग्री वितरण गर्ने प्रतिवद्धता व्यक्त गरे । विनासकारी भुकम्पमा परि घरवारविहीन भएकाहरुका लागि सहयोग गर्ने सबैको कर्तव्य भएको बताउँदै उनले सम्पुर्ण व्यापारी व्यवसायीहरुलाई आफूले सकेको सहयोग गरिदिन समेत आग्रह गरे ।

लायन्स क्लव आफ काठमाडौं रक्तदाता समुहले दश हजार रुपैया नगदसहित ६६ पिस पाइन्ट, ९ पिस सर्ट, जम्पर १० पिस, ज्याकेट १३० पिस, भुवादार टिसर्ट १५७ पिस, ट्राउजर १२ पिस वितरण गरेको रिजन चेयर पर्सन न्यौपानेले जानकारी दिए ।
राहत वितरण कार्यक्रममा क्लवका अध्यक्ष सुदर्शन न्यौपाने, उपाध्यक्ष, नारायण न्यौपाने, सचिव शिवसरण थापा र कोषाध्यक्ष श्याम सुन्दर माकजुको समेत उपस्थिति रहेको थियो ।
गत कात्तिक १७ गते राती ११:४७ मा जाजरकोटको रामीडाँडा केन्द्र भएको आएको ६.४ रेक्टर स्केलको भूकम्पले १५३ जनाको ज्यान गएको थियो भने सयौं घाइते छन् । यसैगरी सयौं घरहरु भत्किएर मानिसहरु घरबारबिहिन भएका छन्। क्लवले भूकम्पमा परी निधन भएकाहरुलाई श्रद्धान्जली व्यक्त गरेको छ भने घाइते भएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । साथै भूकम्पका घाइतेहरुलाई उपचारमा कुनै कमी हुन नदिन,घरबार बिहिनहरुलाई तत्काल घरबासको व्यवस्था गर्न लायन्स क्लव अफ काठमाडौं रक्तदाता समुहले सरकारको ध्यानाकार्षण समेत गरेको छ ।

रोजगार मञ्चबाट साभार

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्