काठमाडौं – विश्वकप क्रिकेटमा अफगानिस्तानले श्रीलंकालाइ ७ विकेटको पराजित गरेकाे छ । याे महत्वपूर्ण जितसँगै अफगानिस्तानले सेमिफाइलमा पुग्ने सम्भावना जिवितै राखेको छ । ६ खेलमा तेस्रो जित हात पारेकाे अफगानिस्तानले हिजाे श्रीलंकाले दिएको २४२ रनको लक्ष्य ४५.२ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो ।
यसअघि भारतको पुनेमा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले ४९.३ ओभरमा २४१ रन बनाउँदा सबै विकेट गुमाएको थियो ।
अफगानिस्तानले पहिलो विकेट रन नजाेड्दै गुमाएको थियो । जसमा रहमानुल्लाह गुरबाज पहिलो ओभरको चौथो बलमै आउट भएका थिए । तर रहमत शाहले इब्राहिम जादरानसँग दोस्रो विकेटका लागि ७३ रनको साझेदारी गरे भने तेस्रो विकेटका लागि कप्तान हशमतुल्लाह शाहिदीसँग ५८ रनको महत्वपूर्ण साझेदारी गरे । जादरान ३९ र शाह ६२ रनमा आउट भए ।
जतिबेला अफगानिस्तानको स्कोर १३१-३ थियो । कप्तान शाहिदीले अजमतुल्लाह मिर्जासँग अविजित १११ रनको साझेदारी गर्दै टिमलाई जित दिलाए । मिर्जा ७३ र शाहिदी ५८ रनमा अविजित रहे । श्रीलंकालाई मध्यम स्कोरमै अलआउट गर्ने क्रममा अफगानिस्तानका फजलहक फारुकीले ४ विकेट लिए भने मुजिवर रहमानले २ तथा रशिद खान र अजमतुल्लाह उमरजाईले १–१ विकेट हात पारे ।