प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरीको तर्फबाट कप्तान ऐरीलाई हार्दिक बधाई दिनुको साथै नेपाली क्रिकेट टीम र खेलाडीहरूमा सफलताको शुभकामना व्यक्त गर्नुभएको छ ।
सन् २०२३ सेप्टेम्बर २३ देखि अक्टोबर ८ तारिखसम्म मित्र राष्ट्र चीनमा सञ्चालन भइरहेको उक्त १९औं एशियन गेम्समा नेपाल प्रहरीको तर्फबाट पुरुष क्रिकेट, कराँते, महिला फुटबल, टेबलटेनिस, तेक्वान्दो, उसु, जुडो, बक्सिङ, ब्याडमिण्टन, कबड्डी, आर्चरी, महिला भलिबल, पुरुष भलिबल, एथ्लेटिक्स तथा भारोत्तोलन लगायतका खेलहरूमा सहभागी भएका कुल ४७ जना खेलाडीहरू (एक जना अफिसियल सहित) रहेका छन् ।