नक्कली शैक्षिक योग्यता प्रमाणपत्र बनाएर चिकित्सक बनेको आरोपमा थप दुई जना पक्राउ

काठमाडाैं – नक्कली शैक्षिक योग्यता प्रमाणपत्र बनाएर चिकित्सक बनेको आरोपमा थप दुई जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले मोरङका मनित चौधरी र काठमाण्डौमा रहेको इशान अस्पतालमा कार्यरत श्रद्धा शिल्पकारलाइ पक्राउ गरेको हो ।

चौधरीलाई आज बिहान मोरङबाट र शिल्पकारलाई गएराति काठमाण्डौबाट पक्राउ गरिएको हो । सीआईबीले बिहीवार कांग्रेसका सांसद सुनीलकुमार शर्मासहित पाँचजनालाई पक्राउ गरेको थियो । नक्कली शैक्षिक प्रमाणपत्र बनाउनेविरुद्ध ब्युरोले अपरेसन थालेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्