बझाङ – काँग्रेसको आन्तरिक बिशेष अभियान बझाङमा सुरु भएको छ । हिजो एक कार्यक्रमका बिच काँग्रेस केन्द्रीय सदस्य रण बहादुर रावल तथा नेपाली काँग्रेस बझाङका सभापती खडक बहादुर बोहराको बिषेश उपस्थितिमा कार्यक्रम सुरु भएको नेपाली काँग्रेस बझाङले जानकारी दिएको छ । आन्तरीक बिषेश अभियान १० दीन सम्म सञ्चालन गरीने भएको छ । यहि श्रावण २० गते देखी ३०गते सम्म सञ्चालन हुन गइरहेको काग्रेसको आन्तरीक बिषेश अभियानमा सहभागी हुन रण वहादुर रावल बझाङ पुगेका हुन् । यस अभियानमा जनताका समस्या सुन्ने, कांग्रेस नेतृत्वको सरकारले गरेको कामको जानकारी गराउने उदेश्य समेत रहेको केन्द्रीय सदश्य रावलले जानकारी दिए । अभियानका लागि कांग्रेसले यसअघि नै अभिमुखीकरण गरेर केन्द्रीय प्रतिनिधि ७७ जिल्लामा पठाइसकेको छ । यतीबेला केन्द्रीय प्रतिनिधिले जिल्लामा आयर जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधिहरुसंग छलफल गरीरहेका छन । नेपाली काग्रेसले अब आउदो स्थानीयतहको चुनाव २०८४ लाई लक्षित गरी २० श्रावण देखी अभियान सञ्चालन गरीरहेको छ ।
यस अभियानमा कांग्रेसले ‘हरेक जिम्मेवार नागरीकलाइ जिम्मेवारी दिएर वडा तहसम्म नेता तथा कार्यकर्ता परिचालन गरीरहेको छ । यही क्रममा स्थानीय तहमा नेपाली काँग्रेसबाट निर्बाचित जनप्रतिनिधिले काम गरे नगरेको पनि अनुगमन गर्न काँग्रेस केन्द्रिय समितिले निर्देशन गरेको छ । यस क्रममा कांग्रेसले स्थानीय तहका समितिलाई बलीयो काग्रेस बनाउन नयाँ रणनीति बनाउन पनि जिम्मेवारी दिइएको छ। । यस बिषेश अभियानमा बिभिन्न पालीकाका प्रतिनिधि,नेपाली काग्रेस जिल्ला कार्यसमिति सदस्य,प्रदेश प्रतिनिधि, महासमिति सदस्य, काँग्रेसस्थायी समिति सदश्य लगाएतको उपस्थिति रहको थियो ।