आजको मौसम : यी प्रदेशमा हुनेछ वर्षा !

काठमाडौँ – देशभरको मौसममा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बताएको छ।

अहिले लुम्बिनी र गण्डकी प्रदेशका केही भूभागमा वर्षा भइरहेको महाशाखाले जनाएको छ । बाँकी भूभागमा पनि बदलीको अवस्था छ।

महाशाखाका अनुसार दिउँसोपख देशको पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही, मधेश प्रदेशका थोरै र बाँकी प्रदेशका एक वा दुई स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी प्रदेशको तराई र मधेश केही स्थानहरूमा हावा–हुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । अब तीन दिन यस्तै मौसम रहन्छ। प्रिमनसुन चलिरहेकाले यस्तो बेला सामान्यतया पनि बदलीकै अवस्था रहन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्