काठमाडौं– निर्वाचन आयोगले कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार भट्टराईले मौन अवधिमा मोवाइलबाट भ्वाइस मेसेजमार्फत मत मागेको सूचना पाएको भन्दै आयोगको तनहुँमा रहेको निर्वाचन अनुगमन समितिले स्पष्टीकरण सोधेको हो ।
उम्मेदवार भट्टराईले ७ गते राति १२ बजेपछि निर्वाचन आचारसंहिता २०७९ को दफा १७ (ग) प्रतिकूल हुने गरी भ्वाइस म्यासेजमार्फत मत माग्नुभएको आयोगले जनाएको छ ।