आईपीएल : बेङ्लोरद्वारा मुम्बई इन्डियन्स ८ विकेटले पराजित

काठमाडाैं – इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा बेङ्लोरले मुम्बई इन्डियन्सलाई ८ विकेटले पराजित गरेको छ ।

गएराति भएको खेलमा १ सय ७२ रनको विजयी लक्ष्य पछ्याएको बेङ्लोरले १६ ओभर २ बलमा २ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । बेङ्लोरको जितमा विराट कोहलीले सर्वाधिक ८२ रन बनाए ।

यस्तै, फाफ डु प्लेसिसले ७३ र ग्लेन म्याक्स वेलले १२ रन जोडे । मुम्बईका अर्शद खान र क्यामरोन ग्रीनले एक/एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७१ रन बनाएको थियो ।

मुम्बईका लागि तिलक बर्माले ८४ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । यस्तै, मुम्बईका नेहाल वाधेराले २१ रन बनाए भने अर्शद खान र सूर्यकुमार यादवले १५ तथा ईशान किसनले १० रन बनाए ।

बेङ्लोरका लागि कर्ण शर्माले २ विकेट लिए भने मोहम्मद शिराज, रिस टोप्ली, आकाश दीप, हर्षल पटेल र माइकल ब्रेसवेलले एक/एक विकेट लिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्