शुक्लाफाँटामा मिटर ब्याजीविरूद्ध मसाल जुलुस, गतिविधि नरोकिए गाउँबाटै लखेट्छौँ : सन्दर्भ

कञ्चनपुर – नेपाल कम्युनिष्ट पार्टी (बहुमत ) शुक्लाफाँटा नगर कमिटीद्वारा शुक्लाफाँटा नगरपालिका वडा न.-८ काे नौखरी र पारिफाँटामा विशाल मसाल जुलुस प्रदर्शन गरेको छ । नेपालभरी भइरहेको चर्को बैंक ब्याजदर, मिटर ब्याज आतंक, लघुबित्त आतंक, सहकारी आतंक लगायत भ्रष्टाचार र दलाली तथा राष्ट्रिय उद्योग बेच्ने राष्ट्रघाती कदम बिरुद्ध बिशाल मसाल जुलुस निकालेको हो ।
अहिलेकै अवस्थामा सहकारी लघुबित्त र मिटर ब्याजिहरुले गतिविधि गरे गाउँ गाउँ बाट लखेट्ने नेकपा बहुमतका शुक्लाफाँटा नगर इन्चार्ज बहादुर सिँह महरा ‘सन्दर्भ’ ले बताएका छन ।

नेकपा बहुमतले आजै झलारीमा रहेको आशा लघुबित्त बित्तीय संस्था लिमिटेडमा नेकपा बहुमतले तालाबन्दी गरेको छ ।
किस्ता उठाउने नाममा जनतालाई सास्ती दिने गरेको, चर्को ब्याजदर,सेवा,शुल्क ,बिमाको नाममा लुटपाट मच्चाएको भनी तालाबन्दी गरेको छ ।
सेयर सदस्यहरुको गम्भीर समस्या परेको बेला पनि बचत फिर्ता मागेको बेला बचत नदिएको, किस्ता तिराउने नाममा जनतालाई जबर्जस्ती गरि सास्ती दिने गरेको अनि हिसाबकिताब पारदर्शी नभएको र सेयर सदस्य हरुको बचत पास बुक नियन्त्रणमा राखेको भनी तालाबन्दी गरेको हो ।
सेयर सदस्यहरुलाइ ब्याजदर /सेवा शुल्क घटाउन माग गर्दा सुनुवाइ गर्नुको सट्टा उल्टै लघुबित्त बाट हटाउने सेयर र बचत पनि फिर्ता नदिने धम्की दिने गरेको भनी आपत्ति जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्