कञ्चनपुरको वेदकोटमा रहेकाे उदयदेव माध्यमिक विद्यायलले मनायाे होली, १२ लाख बढी संकलन

भोजराज पन्त – कञ्चनपुर,सुन्दरपुर

कञ्चनपुरको वेदकोट नगरपालिका वडा नं.९ मा रहेको श्री उदयदेव माध्यमिक विद्यालयले विद्यालयको चौथर्पी बिकासको लागि फागुन २० गते वाट २३ गते सम्म ४ दिन होली खेलेको छ । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत रोकायाको संयोजत्वमा सुरु गरीएको होली कार्यक्रममा गाँउका अधिकांश घरहरुमा होली खेलेर १२ लाख १ हजार ७ सय २९ रुपैया संकलन भएको उदयदेव का शिक्षक वल्देव जोशीले बताए ।

विद्यालय विगत सात आठ वर्ष वाट घाटामा रहेको र सोही घाटा पुर्ती गर्न होली खेलीएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत रोकायाले बताए । उहाँले भन्नु भयो गाँउको एक मात्र सरकारी विद्यालय घाटा जानु नपर्ने हो तर विद्यालयको कोष विद्यालयको भवन तथा अन्यकाममा प्रयोग गरीनाले घाटामा गएको रहेछ अव त्यसो हुदैन । अव जुन कार्यको लागी आएको रकम सोहि कार्यको लागी खर्च हुन्छ । अव सवै निजिश्रोतका शिक्षकले आफ्नो पारिश्रमिक तलव समयमै राहत वा स्थाई शिक्षक संगै पाउने वातावर वनाउने छु । 

होलीमा वेदकोट वडा नंम्वर ९ वाट निर्वाचीत वडा अध्यक्ष लगायत चारै जना सदस्यहरुको नियमित उपस्थीती रहेकाले होलीमा झन उमंग तथ चन्दा संकलन सेचे भन्दा वढी भएको संयोजक रोकायाले जानकारी गराउनु भएको छ । उनले भने आउदो शैक्षिक शत्र वाट हामि विद्यालयलाई नेपाली र अंग्रेजी दुवै माध्यम वाट पठन पाठन गर्ने छु त्यसमा पनि सवै वडा वासीको साथ सहयोग को आवस्यकता छ ।

होलीमा सवै अभिभावक, राजनितिक दल, वुद्धिजिवि, महिला समुह, संघ सस्थाहरु, शिक्षक शिक्षिका, विद्यार्थिहरुको राम्रो सभ्य र भव्य उपस्थीतीले गर्दा आजको यती ठुलो चन्दा संकलन भएकोमा सवै होलीमा समावेश भएका र चन्दादाताहरुलाई धन्यवाद दिनु भयो । होलीमा समावेश भएका विद्यायलका पुर्व विद्यार्थी नरेश जोशीले भने हामिले दिएको चन्दा रकम सहि ठाँउमा प्रयोग हुनु पर्छ अव सवै स्थानियले खवरदारी गर्नु पर्दछ । अर्का पुव विद्यार्थिले शंकर भट्ट भने हाम्रो लक्ष अनुसारको रकम उठेको छैन भने हामि अझै दिन तयार छु तर अव फेरी पनि विद्यालय घाटामा गयो पढाई राम्रो भएन जस्ता विद्यालयको वारेमा नराम्रो हामि सुन्न चाँहदैनौ अव विद्यालय घाटामा होइन शैशिक सुधार भएको हेर्ने चाहन्छु ।

होलीको समापनमा बोल्दै वढा अध्यक्ष जनक सिंह विष्टले भन्नु भयो हमिले सोचे जस्तै होलीमा चन्दा संकलन भएको छ । यसरीनै विद्यालय को विकासका लागी लाग्नेहो भने विद्यालय घाटामा नजाने र आउदो शैक्षिक शत्र वाट विद्यालयका निजिश्रोतका शिक्षक तथा कर्मचारीहरुले समयमै आफ्नो पारीश्रमिक पाउने छन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्