माओवादी केन्द्र दार्चुलाबाट प्रतिनिधि सभा र प्रदेश सभाका लागि उम्मेदवार सिफारिस (नामावली)

काठमाडौँ – नेकपा (माओवादी) केन्द्र दार्चुलाले प्रतिनिधि सभा र प्रदेश सभाका लागि उम्मेदवार सिफारिस गरेको छ । बुधबार जिल्ला कमिटि बैठकले उम्मेदवार सिफारिस गरेको हो । दार्चुलाबाट प्रतिनिधिसभा सदस्यका लागि लक्ष्मण जोशी सर्वसम्मत सिफारिस भएका माओवादी नेतृ निर्मला जोशीले जानकारी दिइन् । उनका अनुसार प्रदेश सभाको लागि निर्वाचन क्षेत्र (क) तर्फ निर्मला जोशी सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् भने प्रदेशसभा (ख) तर्फ मानबहादुर धामी (सन्तोष) सर्वसम्मत सिफारिस भएका छन् । यस्तै प्रतिनिधि सभा सदस्यको समानुपातिक तर्फ मन्जु बम (महिला) अल्पसंख्यक तथा अपांगबाट दिपक विष्ट र खस आर्यबाट दिपक जोशी सिफारिस भएका छन् । यस्तै प्रदेशसभाको समानुपातिक तर्फ लक्ष्मी विक, लिला कुँवर, गंगाकुमारी महतरा, गिता ठगुन्ना, हरमती ठगुन्ना र केशव विक सिफारिस भएको माओवादी दार्चुलाले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्