माध्यमिक तह गणीत शिक्षक पदको नतिजा सार्वजनिक, मागभन्दा कम उतीर्ण

काठमाडौं – शिक्षक सेवा आयोगले माध्यामिक तह गणित विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले खुला प्रतियोगितात्मक तर्फको माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको गणित विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । आयोगले असोज २८ र २९ गते अन्तर्वार्ताको मिति तय गरेको छ ।

आयोगले सार्वजनिक गरेको नतिजा अनुसार प्रदेश १ को ७६ शिक्षक पदको लागि २८ जना अन्तर्वार्ताको लागि उत्तीर्ण भएका छन् । परीक्षामा १४० जना सहभागी भएका थिए ।

मधेश प्रदेशको लागि १७ रिक्त पदको लागि १५ जना सहभागीमध्ये ४ जना उत्तीर्ण भएका छन् । बागमती प्रदेशको लागि ५९ रिक्त पदको लागि १७७ जनाले परीक्षा दिएका थिए । त्यसमध्ये ५४ जना अन्तर्वार्ताको लागि उत्तीर्ण भएका छन् । गण्डकी प्रदेशमा ५५ रिक्त पदको लागि १५० जनाले परीक्षा दिएको मध्येमा ३२ जनाले परीक्षा उत्तीर्ण गरेका छन् ।

त्यस्तैगरी लुम्बिनी प्रदेशको लागि ३७ रिक्त दरबन्दीको लागि ७३ जनाले परीक्षा दिएकोमा १४ जना अन्तर्वार्ताका लागि छनोट भएका छन् । कर्णाली प्रदेशको लागि २९ शिक्षक पदका लागि ६१ जनाले परीक्षा दिएको मध्ये जम्मा ८ जनाले उत्तीर्ण गरेका छन् । सुदुरपश्चिम प्रदेशमा १६ शिक्षक पदका लागि ४५ जनाले परीक्षा दिएका थिए । ती मध्येमा ११ जना अन्तर्वार्ताको लागि छनोट भएका छन् ।
आयोगले चैत १५ गते सामान्य र असार ९ गते विषयगत परीक्षा लिएको थियो । परीक्षार्थीले अन्तर्वार्ता हुने दिन प्रत्येक उम्मेद्वारले अन्तर्वार्ता केन्द्रमा अनिवार्य रुपमा व्यक्तिगत विवरण फाराम बुझाउनुपर्ने जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्