के तपाई दसैंका लागि घर जादैहुनुहुन्छ !!! लामो दुरीको बसको टिकट बुकिङ खुला कहिलेदेखि ?

FILE PHOTO

काठमाडौँ – दसैंका लागि असोज १ गतेबाट लामो दूरीका लागि बसको टिकट बुकिङ खुला हुने भएका छन् । यातायात व्यवसायी महासंघ, ट्राफिक प्रहरी, सडक विभाग लगायत सरोकारवालाहरूको बुधबार बसेको बैठकले टिकट बुकिङ खुला गर्ने निर्णय गरेका हुन् ।

यससँगै नयाँ बसपार्क, कलंकी, कोटेश्वर, गौसाला, चावहिल लगायतका स्थानमा परिचयपत्र लगाएका कर्मचारीहरूसँग मात्रै टिकट काट्न पनि यातायात व्यवस्था विभागले यात्रुहरूलाई आग्रह गरेको छ ।

दसैं तथा तिहार लगायत चाडबाडको समयमा काठमाडौं बाहिर जाने यात्रुहरूको संख्या धेरै हुने भएकाले सरकारले यात्रुलाई सजिलो होस् भनेर भदौ अन्तिमबाट सडक मर्मतको काम थाल्ने सडक विभागको तयारी रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्