सुदूरपश्चिमेलीहरुले अमेरिकामा मनाए गौरा

अमेरिका – अमेरिकामा पनि सुदूरपश्चिमेलीहरुले गौरा पर्व मनाएका छन् । २०२२ सेप्टेम्बर ४ का दिन मेरिल्याण्ड, भर्जिनिया तथा न्युयोर्क राज्यमा बसोबास गर्ने सुदुरपश्चिमेलीहरुले सुदुरपश्चिमको महत्वपूर्ण धार्मिक एवं सांस्कृतिक पर्व गौरा मनाएका हुन् ।

आफ्नो संस्कृति रितिरिवाज, भाषा धर्मलाई संरक्षण र प्रवर्द्धन गर्ने उदेश्यले सुदुरपश्चिम नेपाली समाज मेरिल्याण्डको आयोजना र नेपाली अमेरिकी सांस्कृतिक केन्द्रको सहआयोजनमा गौरा पर्व मनाएको लामो समयदेखि कला र संस्कृतिको क्षेत्रमा काम गर्दै आएका शंकरसिंह विष्टले जानकारी दिए । गौराको अवसरमा गौराको पुजाआजा र डेउडा खेली गौरा मनाएको उनको भनाई छ ।

लोक गायक तथा नेपाल सरकारका अवैतनिक महावाणिज्यदूत प्रेम राजा महतको प्रमुख आतिथ्य तथा एनआरएन एनसिसि अमेरिकाका अध्यक्ष बुद्धि सागर सुवेदी, वरिष्ट उपाध्यक्ष कृष्णजिवि पन्त, उपाध्यक्ष डिलु पराजुली, हिन्दु बुद्ध मन्दिरका संरक्षक डा. श्याम कार्की, बानाका अध्यक्ष सुवोध विलास पन्त लगायत अन्य विशिष्ट अतिथिहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा सुदुरपश्चिमका प्रसिद्ध डेउडा गायक शंकर सिंह बिष्ट तथा नेपाल सांगितिक प्रज्ञा प्रतिष्ठान की प्राज्ञ एवं डेउडा गायिका चाँदनी मल्लको उपस्थिति र प्रस्तुति रहेको थियो । गौरा पर्वको विशेषता तथा महत्वका बारेमा साहित्यकार तिर्थ पाण्डेले कार्यपत्र पेश गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्