सरकारले असमान रुपमा तलबमान बढाएको विरोधमा देशभरका नासुहरु आज बिदामा बस्ने

काठमाडाैं – सरकारले असमान रुपमा तलबमान बढाएको विरोधमा देशभरका नायब सुब्बा (नासु) हरु आज बिदामा बस्ने भएका छन् । बजेटमा घोषणा गरेभन्दा असमान ढंगले सरकारले कर्मचारीको तलब बढाएको भन्दै केही दिन यता आन्दोलन गर्दै आएका नासुहरु आज बिदामा बसेर सांकेतिक रुपमा सरकारको विरोध गर्ने भएका हुन् ।

काठमाण्डौ भक्तपुर र ललितपुरका नासुरुहरुले हिजो सिहंदरबारको अर्थ मन्त्रालयमा भेला भएर असमान तलब वृद्धिको विरुद्ध आन्दोलन गरेका थिए । हिजो पेन डाउन गरेर काम ठप्प बनाएका उनीहरु आज बिदामा बस्न लागेका हुन् । चालू वर्षको बजेटबाट सरकारले कर्मचारीको तलब १५ प्रतिशतले बढाएको थियो । तर अर्थ मन्त्रालयले शाखा अधिकृतभन्दा माथिका कर्मचारीको तलब २४ प्रतिशतसम्म बढाउन प्रस्ताव गरेपछि आफूहरुलाई अन्याय भएको भन्दै नासुहरुले आन्दोलन थालेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्