दार्चुलाको मार्मामा शिक्षिकाको लडेर मृत्यु

सांकेतिक तस्बिर

दार्चुला — दार्चुलामा एक शिक्षिकाको लडेर मृत्यु भएको छ । जिल्लाको मार्मा गाउँपालिका–४ स्थित दुर्गेश्वरी आधारभूत विद्यालयमा कार्यरत बालविकास शिक्षिका छाया महराको लडेर मृत्यु भएको हो ।

बिहीबार घर नजिकै खेत जाने क्रममा ३८ वर्षीया महराको मृत्यु भएको उनका आफन्तले जानकारी दिए । आफन्तका अनुसार महराको घरमा श्रीमान् सँगै दुई छोरा रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्