दार्चुलाको लेकम गाउँपालिकामा एमालेबाट ३२ जनाले दर्ता गरे मनोनयन

काठमाडाैँ – दार्चुलाको लेकम गाउँपालिकाबाट नेकपा एमालेका सबै उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । आइतबार सिंगो टिमले शान्त वातावरणमा मनोनयन दर्ता गरेको नेकपा एमाले, लेकम गाउँपालिका निर्वाचन विभाग प्रमुख पदमराज जोशीले बताउनुभयो ।

जसमा गाउँपालिका अध्यक्षका लागि निवर्तमान अध्यक्ष परमानन्द जोशी, उपाध्यक्षमा निवर्तमान उपाध्यक्ष माधवी जोशीले मनोनयन गरेको हो । यसैगरी वडा नं. १ को अध्यक्षमा नवराज पन्त, सदस्यमा दिपेन्द्रसिँह बोहरा, माधव साउद, पार्वती विष्ट, बसन्ती लावडले मनोनयन गरेको छ भने वडा नं. २ को अध्यक्षमा रामानन्द भट्ट र सदस्यहरुमा तर्कराज भट्ट, प्रेससिँह धामी, द्रोपती जोशी, सिता सार्कीले मनोनयन गरेको हो ।

यसैगरी वडा नं. ३ को अध्यक्षका लागि सुरेश सिँह थापा तथा सदस्यहरुमा प्रकाशदत्त पन्त, हरिदत्त जोशी, दुरा पार्की, मानमती सार्की रहेका छन् भने वडा नं. ४ को अध्यक्षमा पुष्पराज जोशी तथा सदस्यहरुमा गणेशदत्त पन्त, केशब गिरी, लिला कुमारी नाथ गिरी, पार्वती पार्कीले मनोनयन दर्ता गरेका छन् ।

यस्तै वडा नं. ५ को अध्यक्षका लागि बलदेव सिँह बोहरा तथा सदस्यहरुमा शंकरदत्त जोशी, रेवाधर जोशी, सम्झना धमला बोहरा, कौशिला लुहारले मनोनयन दर्ता गराए भने वडा नं. ६ को अध्यक्षका लागि हरि साउद तथा सदस्यहरुका लागि चञ्चलसिँह खत्री, हरिनन्दन नाथ, मानमती मिश्र, कलावती महरले मनोनयन दर्ता गरेको हो ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्