काठमाडौँ – नेपाली कांग्रेसका नेता एवम् सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले काँग्रेस केन्द्रीय सदस्य पदमा मनोनयन दर्ता गराएका छन् ।
शनिबार राष्ट्रिय सभा गृहमा नेता शेर्पाले पार्टी सभापती शेर बहादुर देउवाको प्यानलबाट बागमती प्रदेशको खुलातर्फको केन्द्रीय सदस्य पदमा मनोनयन दर्ता गराएका हुन् । नेता शेर्पाले आफूलाई मतदान गरेर केन्द्रीय सदस्य पदमा विजयी बनाउन महाधिवेशन प्रतिनिधिहरूसँग अपील समेत गरेका छन् । २०६४ सालमै संविधान सभाको प्रत्यासी शेर्पा हेलम्बु गाउँपालिकाको अध्यक्ष निर्वाचित भएदेखिनै विकासको पर्याय बनेर विभिन्न नमुनाका काम गरेर चर्चामा छन् । हेलम्बुलाई नेपालकै नमुना गाउँपालिका बनाउने अभियान चलाएर चर्चामा चुलिएका शेर्पा विकास प्रेमि नेताको रुपमा परिचित छन् ।