देशभर दिनप्रतिदिन चिसो बढ्दै, काठमाण्डौको न्यूनतम तापक्रम ५ दशमलव ६ डिग्री सेल्सियस मापन

काठमाण्डौ – दिनप्रतिदिन चिसो बढ्दै गएको छ । आज काठमाण्डौको न्यूनतम तापक्रम ५ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको छ । देशका अरु ठाउँमा पनि तापक्रम घट्दै गएको मौसमविद्ले बताएका छन् ।

हिजो जुम्लाको न्यूनतम तापक्रम माइनस ४ दशमलव ३ डिग्री सेल्सियससम्म झरेको थियो । यस्तै जोमसोमको माइनस १, जिरीको १ दशमलव १, डडेलधुराको ४ दशमलव ३ र पोखराको ९ दशमलव ४ डिग्री सेल्सियसमा झरेको थियो ।

पर्सिदेखि पश्चिमी वायुको सामान्य प्रभाव पर्ने सक्ने भएकाले देशका केही ठाउँमा सामान्य पानी पर्ने र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्